April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु

  • साझा परिवेश
  • आइतवार, माघ २९, २०७९ १0:00
मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु


गनेश कुमार यादव
इनरुवा : सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं-११ मधुवनमा दोस्रो संस्करणको एकता नकआउट फुटबल प्रतियोगिता सुरु भएकाे छ ।

हाम्रो एकता युवा क्लबकाे आयाेजनामा बराहक्षेत्र नगरपालिका वडा नं-११ स्थित रहेकाे जनता माध्यमिक विद्यालयको खेल मैदानमा उक्त प्रतियोगिता शनिबारदेखि शुरुभएकाे हाे

सुनसरी निर्वाचन क्षेत्र नं-४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डलले उक्त प्रतियोगिताको व्यानर पढेर उद्घाटन गर्नुभएको हाे ।उक्त नकआउट फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पाञ्चायन फुटबल क्लब रामधुनि विजयी भएको हाम्रो एकता युवा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीले जानकारी दिनुभयाे ।

उक्त नकआउट फुटबल प्रतियोगितामा ब्रर्दश एफसी उदयपुरलाई शून्यको विरुद्ध पाँच गोलको अन्तरले पराजित गर्दै पाञ्चायन सेमिफाइनलमा प्रवेश गरेको अध्यक्ष अन्सारीले जानकारी दिनुभयाे ।प्रतियोगितामा पाञ्चायनले खेलको तेस्रो मिनेटमा पहिलो गोल गरेको थियो । जर्सी नं.११ का पुष्कर माझिले पहिलो गोल गरेका थिए ।

एकतर्फी बनेको खेलको १५ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरीले गोल गरेका थिए । खेलको १७ औँ मिनेटमा जर्सी नं. २३ का सन्दीप लिम्बू, खेलको १९ औँ मिनेटमा जर्सी नं. १८ का पूजन चौधरी र दोस्रो हाफको २८ औँ मिनेटमा जर्सी नं २ विजय राईले गोल गर्दै पाञ्चायनले खेलमा सहज जित निकालेको थियो ।

उक्त प्रतियोगिता अन्तर्गत आइतबार आदर्श फुटबल क्लब रामधुनी र आयोजक हाम्रो एकता फुटबल क्लब मधुनव क्लबबिच खेल हुने हाम्रो एकता युवा क्लबका अध्यक्ष अन्सारीले जानकारी दिनुभयाे । उक्त प्रतियोगिताकाे एम्पाएर यशराज राई,अजित अधिकारी ,मीन थापा,राजेश राई रहेका थिए ।

उक्त प्रतियोगितामा प्रमुख अतिथि सुनसरी निर्वाचन क्षेत्र नं-४(क) का प्रदेश नं.१ का प्रदेश सभा सदस्य सदानन्द मण्डल,विशिष्ट अतिथि बराहक्षेत्र नगरपालिका वडा नं-११ का वडा अध्यक्ष कृष्ण कुमार मेहता,रामजी उराँव ,विवि जुलेसा खातुन,महेन्द्र मेहता,तुलशा धमला लगायतकाे आतिथ्यता रहेकाे थियाे भने उत्साह जनक खेलप्रेमी दर्शकहरुकाे उपस्थिति रहेकाे थियाे ।
हाम्रो एकता युवा क्लबका अध्यक्ष कलामुद्दिन अन्सारीकाे अध्यक्षतामा उक्त प्रतियोगिता संचालन भएकाे थियाे।

  • साझा परिवेश
  • आइतवार, माघ २९, २०७९ १0:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट