May 6, 2024 | सोमवार, बैशाख २४, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

गाई काटेको आरोपमा रसुवाबाट तीनजना पक्राउ

  • साझा परिवेश
  • बुधबार, फाल्गुन ३, २०७९ 0९:३३
गाई काटेको आरोपमा रसुवाबाट तीनजना पक्राउ

रसुवाबाट गाई काटेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । जिल्लाको कालिका गाउँपालिका-२ काभ्रेटोलबाट मंगलबार राती ११:३५ बजे गाई काटेको भन्ने सूचनाको आधारमा पुगेको प्रहरीले तीन जनालाई पक्राउ गरेको हो ।

यसरी पक्राउ पर्नेमा सोही गाउँपालिका-२ बस्ने वर्ष ४४ को मुरली बुलुन, सोही वडाको गुम्बाटोल बस्ने वर्ष ४८ को कान्छा लामा र सोही स्थानको वर्ष ६५ को सार्की स्याङ्वा रहेको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय कालिकास्थान प्रहरी निरीक्षक राजिव बस्नेतको कमाण्डमा खटिएको सात जनाको प्रहरी टोलीले घटनास्थलबाट गाईको मासु, एक बन्चरो र दुईवटा खुकुरी समेत बरामद गरेको जनाएको छ ।

मुलुकी अपराध संहिता २०७४ ले गाई, गोरु मार्न वा कुट्न नहुने त्यसो गरेमा अपराध गरेको ठहर गर्दै सजाय समेत तोकेको छ । संहिताको परिच्छेद २७ मा रहेको पशुपक्षी सम्वन्धि कसूरको दफा २८९ मा कसैले गाई वा गोरु मारेमा तीन वर्षसम्म कैद र कुटेर अङ्गभङ्ग पारेमा छ महिनासम्म कैद हुनेछ ।

तर कुनै गाई वा गोरुले आफ्नो वा अरुको जिउ वा ज्यानमा पुर्याउन लागेको क्षति बचाउन आवश्यक परेको कुनै काम गर्दा त्यस्तो गाई वा गोरु मर्न गएमा वा त्यस्तो गाई वा गोरुलाई कुनै चोट पुग्न गएको रहेछ भने कसूर गरेको मानिने छैन भनेर पनि सोही दफामा उल्लेख छ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन ३, २०७९ 0९:३३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट