April 28, 2024 | आइतवार, बैशाख १६, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

भारतीय भूभाग प्रयोग गर्नुपर्ने बाध्यता हट्दै

  • साझा परिवेश
  • आइतवार, फाल्गुन ७, २०७९ १0:२६
भारतीय भूभाग प्रयोग गर्नुपर्ने बाध्यता हट्दै

केही समय अघिसम्म भारतीय सीमा क्षेत्र पशुपतिनगरका बासिन्दालाई आफ्नै जिल्लाको अर्को गाउँ पुग्न भारतीय भू-भाग भएर जानुपर्ने बाध्यता अब हट्ने भएको छ ।

इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगरका बासिन्दा मानेभञ्ज्याङ जान र त्यहाँका बासिन्दा पशुपतिनगरतिर आउन वर्खामा निकै कठिन थियो । हिउँदमा पनि डेढ किलोमिटर दूरीको गाउँ पुग्न भारतीय भूभाग घुमेर गाडीमा जाँदा करिब २ घण्टा लाग्थ्यो । तर अब त्यो बाध्यता भने हट्ने भएको छ ।

पशुपतिनगर–मानेभञ्ज्याङ सडक निर्माण सुरु भएपछि स्थानीयलाई सहज हुने भएको हो । पशुपतिनगरबाट सोझै मानेभञ्ज्याङसम्म सडक बनेपछि आवतजावतमा सहज हुनेछ ।

एक हजार दुई सय मिटरको यो सडक ढलान हुँदै गरेको डिभिजन सडक कार्यालयका कार्यालयका इञ्जिनियर सञ्जय गौतमले बताउनुभयो । उहाँका अनुसार कालोपत्रेसम्मको काम रू तीन करोड ७१ लाखमा ठेक्का लागेको छ ।

  • साझा परिवेश
  • आइतवार, फाल्गुन ७, २०७९ १0:२६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।