November 21, 2024 | बिहिबार, मंसिर ६, २०८१
सुचनाहरु
अदालतको आदेशलाई महानगरको निर्णय भनि जनता माझ भ्रम नछर्नु- बालेन सरकारले संविधान दिवशको अवसरमा नेसनल डे कन्सर्ट गर्ने प्रधानमन्त्रीलाई एमाले काठमाडौँद्वारा ध्यानाकर्षण माओवादी केन्द्र भद्रपुरमा हंशधर राजवंशीको नेतृत्वमा नयाँ कार्य समिति चयन सुनको मुल्य घट्यो , कतिमा हुदैछ कारोवार ? साफ यु–२०: भुटानलाई हराउँदै नेपाल फाइनलमा चरित्रहत्या गरेको भन्दै दुर्गा प्रसाईंविरुद्ध ज्वाला संग्रौलाले दिइन् साइबर व्युरोमा उजुरी आज श्रीकृष्ण जन्माष्टमी गुन्यु चोली जोगाउन थालिएको मेची–काली यात्रा समापन आजको मौसम : कोशीमा भारी वर्षाको सम्भावना विमानस्थलबाट इन्धन डिपो हटाउन सरकारी निकायबीच मिलेन तालमेल सुनकोसीमा खसेको गाडी निकालियो, अझै तीनजना नदीमै बेपत्ता भत्ता लिन राष्ट्रिय परिचय पत्र नचाहिने सर्वोच्च अदालतको आदेश कोरियामा मृत्यु भएकी इलामकी सोनुको शव नेपाल ल्याइयो नेपाली तीर्थयात्री बोकेको बस बिहारमा दुर्घटना सुनको मूल्य तोलामा १ हजार रुपैयाँ बढ्यो महोत्तरीको बर्दिवास र औरही सिमाना नजिक वडा अध्यक्ष मृत फेला देउवा निवास अगाडि फेला परेको शङ्कास्पद वस्तुभित्र माटो भेटियो झापाको गौरीगञ्जमा आगलागी, दुईवटा घर जलेर नष्ट त्रिशूली नदीमा खस्नबाट जोगियो बस, घाइते १५ जनामध्ये दुईको अवस्था गम्भीर

सांसद चौधरीले मतदान गर्न नपाउने

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १०, २०७९ १३:१६
सांसद चौधरीले मतदान गर्न नपाउने

काठमाडौं ।

नागरिक उन्मु्क्ति पार्टीका सांसद अरूण चौधरीले राष्ट्रपति निर्वाचनमा मतदान गर्न नपाउने भएका छन् । थारूहट आन्दोलनका क्रममा आगजनी मुद्दामा जेल परेका सांसद चौधरी जेलमुक्‍त भएपनि उनको सांसद पद फुकुवा नभएपछि निर्वाचनमा भाग लिन नपाउने भएका हुन् ।

हाल प्रतिनिधिसभामा २ सय ७४ सदस्य छन्। राष्ट्रियसभामा ५९ जना सदस्य छन्। संघीय संसद्को ३ सय ३४ मध्ये ३ सय ३३ कायम छन् । संघीय सांसदको मतभार २६ हजार ३ सय ७ हाल छ ।

संघीय संसद्को जम्मा मतभार भने २६ हजार ३ सय ८६ हो । प्रदेशसभामा ५ सय ५० छ । जसको मतभार २६ हजार ४ सय हुन्छ । राष्ट्रपतिको निर्वाचनका लागि जम्मा मतभार ५२ हजार ७ सय ७६ छ । जसको बहुमत २६ हजार ३ सय ८९ हुन्छ । राष्ट्रपति निर्वाचित हुन एकाउन्न प्रतिशत मत ल्याउनै पर्ने संवैधानिक व्यवस्था छ ।

  • साझा परिवेश
  • बुधबार, फाल्गुन १०, २०७९ १३:१६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्