May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ 0८:४५
गृह मन्त्रालयमा कांग्रेस र माओवादी दुवैको दाबी

राष्ट्रपति निर्वाचन लगत्तै मन्त्रिपरिषद पुनर्गठन गर्ने तयारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई गृहमन्त्री कसलाई बनाउने भन्ने निर्णय गर्न सकस परेको छ। पार्टीभित्र गृहमन्त्रालय आफैंसँग राख्न दबाव खेपिरहेका प्रचण्डमाथि गृहमन्त्रालय कांग्रेसलाई दिन चर्को दबाव छ।

कांग्रेसबाट गृहमन्त्रालयमा दुई जनाको दाबी छ। उपसभापति पूर्णबहादुर खड्का उपप्रधानसहित गृहमन्त्रालय पाए सरकारमा पार्टीको नेतृत्व गरेर जान चाहन्छन्। वर्तमान गठबन्धन निर्माणमा निर्णायक भूमिका निर्वाह गरेका खड्काले रोजेको मन्त्रालय दिन सभापति शेरबहादुर देउवा पनि सकारात्मक छन्।

तर गृहमन्त्रालय प्रधानमन्त्रीको दलले राख्ने कि कांग्रेसलाई दिने भन्ने विषयमा प्रधानमन्त्री निर्णयमा पुग्न सकेका छैनन्। कांग्रेसभित्र गृहमन्त्रालयको दाबी पार्टी प्रवक्ता डा. प्रकाशशरण मतहले गरिरहेका छन्। महतले आफूलाई गृहमन्त्री बनाउन समापतिसँग लविङ गरिरहेका छन्। महतप्रति देउवा पनि नकारात्मक छैनन्।

कांग्रेसका एक पदाधिकारीका अनुसार कांग्रेस-माओवादीभित्र गृहमन्त्रालय कसले लिने भन्ने विषयमा सामान्य छलफल भएको छ। दुवै दलले गृहमन्त्रालयमा दाबी गरेका छन्।

‘अहिले गृहमन्त्रालय कसले लिने भन्ने विषयमा प्रारम्भिक छलफल मात्रै भएको छ,’ ती पदाधिकारीले डिसी नेपालसँग भने, ‘गृहमन्त्रालय पार्टीले पाउने अवस्था आए उपसभापति पूर्णबहादुर खड्का र प्रवक्ता प्रकाशशरण महत मध्ये एक जना गृहमन्त्री बन्नुहुन्छ। पूर्ण दाइले रुची देखाउनु भयो भने उहाँनै पार्टीको नेतृत्व गर्दै सरकारमा सहभागी हुने संभावना छ।’

स्रोतका अनुसार कांग्रेस,माओवादीबीच गृह र अर्थमन्त्रालय दुई दलले लिने सहमति भइसकेको छ। तर कुन मन्त्रालय कुन दलले लिने भन्ने निर्णय हुन बाँकी छ। कांग्रेसले गृह पाए, माओवादीले अर्थ र कांग्रेसले अर्थ पाए माओवादीले गृह पाउने सहमति भएको छ।

परराष्ट्र मन्त्रालय भने कांग्रेसले लिने सहमति भइसकेको स्रोतको दाबी छ। परराष्ट्र मन्त्री आरजू देउवालाई बनाउने तयारी भएको स्रोतले बतायो। सभापति शेरबहादुर देउवाले आरजूलाई बनाउन रुची नदेखाएको तर आरजूले आफूलाई बनाउन दबाव दिएको स्रोतको दाबी छ।

उता माओवादीभित्र गृहमन्त्रालय आफैंसँग राख्नु पर्ने मत बलियो छ। माओवादीले गृहमन्त्रालय पाए शक्ति बस्नेत गृहमन्त्री बन्ने संभावना रहेको माओवादी निकट स्रोतले जनाएको छ। यसअघि ०७२ सालमा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारमा नौ महिना गृहमन्त्रालयको नेतृत्व गरेका बस्नेतप्रति प्रचण्ड सकारात्मक रहेको बताइएको छ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ 0८:४५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।