May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ

राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ: प्रकाशमान

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ ११:१३
राष्ट्रपतिमा रामचन्द्र पौडेलको जित सुनिश्चित छ: प्रकाशमान

 धनुषा ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले आठ दलीय गठबन्धन बनेपछि राजनीतिक वातावरण सही बाटोमा आएको बताएका छन् । अब आठ दलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्ने र जनअपेक्षा पूरा गर्दै देश विकास गर्ने उनले बताए ।

सिरहाको कार्यक्रममा सहभागी हुन जाने क्रममा आज धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा पत्रकारहरुसँग कुरा गर्दै सिंहले प्रचण्ड नेतृत्वको सरकारबाट एमाले बाहिरिनु र आठ दलीय गठबन्धन बन्नुलाई जनताको म्यान्डेट अनुसारको राजनीतिक परिस्थिति बनेको भनेका हुन् ।

‘निर्वाचनमा जाने बेला जुन गठबन्धन बनेको थियो त्यही गठबन्धनले म्यान्डेट पाए पनि केही समय असहजतातर्फ राजनीति अघि बढ्यो,’ उनले भने, ‘अहिले जनमत अनुरुपको राजनीतिक परिस्थिति निर्माण भएको छ । अब आठदलीय गठबन्धनको समझदारी अनुरुप मुलुक अगाडि बढ्छ ।’

सत्ता गठबन्धनमा कुनै असमझदारी नरहेको भन्दै उनले राष्ट्रपति पदमा नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलको जित सुनिश्चित रहेको बताए ।

अहिले मुलुकको अर्थतन्त्र संकटमा रहेकाले परिस्थितिलाई सम्हालेर जानु पर्ने चुनौति रहेको बताउँदै सिंहले अब सरकारले नागरिकमा आशा जगाउने गरी काम गर्नुपर्ने बताए ।

  • साझा परिवेश
  • बिहिबार, फाल्गुन १८, २०७९ ११:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।