May 9, 2025 | शुक्रबार, बैशाख २७, २०८२
सुचनाहरु
भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग   यसरी हेर्नुस् डिभीको रिजल्ट  सगरमाथा माउन्ट एभरेष्ट होइन : प्रधानमन्त्री ओली नेपाल विद्युत प्राधिकरण ५ अर्ब २६ करोड घाटामा छ:   हितेन्द्रदेव शाक्य

६० वर्षमा पहिलो पटक २ महिला विधायक: नागाल्याण्ड

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १९, २०७९ ११:११
६० वर्षमा पहिलो पटक २ महिला विधायक: नागाल्याण्ड

नागाल्याण्ड ।

नागाल्याण्डमा दुई महिला उम्मेदवारले विधानसभा चुनाव जितेर इतिहास रचेका छन् । ६० विधानसभा सिट भएको नागाल्याण्डले सन् १९६३ मा राज्यको दर्जा पाएको थियो तर राज्य विधानसभाको चुनावमा महिलाले जितेको यो पहिलो पटक हो। यद्यपि यहाँको महिलाले यसअघि पनि संसदमा राज्यको प्रतिनिधित्व गर्दै आएका छन् ।
यस पटक नागाल्याण्ड विधानसभा चुनावमा जम्मा १८३ जना उम्मेदवारले प्रतिस्पर्धा गरेका थिए, जसमध्ये चार जना मात्रै महिला थिए।

जसमध्ये सत्तारुढ राष्ट्रवादी लोकतान्त्रिक प्रगतिशील पार्टी (एनडीपीपी) ले हेकानी जाख्लु (दिमापुर–३) र सालहाउतुओनुओ (पश्चिम अंगामी) लाई उम्मेदवार बनाएको थियो।

कांग्रेसले टेनिङ विधानसभा सीटबाट रोजी थमसनलाई उम्मेदवार बनाएको थियो। भाजपाले काहुली सेमालाई एटोइजु विधानसभा सीटबाट उम्मेदवार बनाएको छ।

भाजपा र कांग्रेसका महिला उम्मेदवारहरूले चुनाव जित्न सकेनन् तर सत्तारूढ एनडीपीपीका दुबै महिला उम्मेदवार हेखनी जाखलु र सालहौतुओनुओले चुनाव जिते र राज्यबाट निर्वाचित हुने पहिलो महिला विधायक हुने गौरव हासिल गरे।

नागाल्याण्डमा भाजपा र स्थानीय नागा पार्टी नेसनलिस्ट डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (एनडीपीपी) मिलेर चुनावी मैदानमा उत्रिएका छन्।

एनडीपीपीले ४० सिटमा र भाजपाले २० सिटमा उम्मेदवार बनाएको थियो । नागाल्याण्डका मुख्यमन्त्री नेफिउ रियोले नागाहरूले निर्णय गर्ने निकायमा नागा महिला हुन सक्दैनन् भन्ने सोच परिवर्तन गर्नुपर्ने बताएका थिए।

यसैबीच राज्यमा महिला अधिकार र लैङ्गिक समानताका लागि काम गर्ने संघसंस्थाले राजनीतिमा महिलाको सहभागिता बढाउन माग गर्दै आएका छन् ।

यी महिलाको जितपछि नागाल्याण्डका मुख्यमन्त्री नेफिउ रियोले ट्वीट गर्दै बधाई दिएका छन्।

अर्कोतर्फ हेकानी जाख्लुले आफ्नो जितको बारेमा बोल्दै भनिन्, ’यो जनताको जित हो जसले आफ्नो आशा र आकांक्षाका साथ मप्रति विश्वास व्यक्त गरेका छन्, म मेरो जित भगवानमा समर्पित गर्दछु र पूर्ण इमान्दारी र निष्ठाका साथ आफ्नो क्षेत्रको सेवा गर्न चाहन्छु।’

नागाल्याण्ड पितृसत्तात्मक समाज भएको आदिवासी राज्य हो। विज्ञहरूले छ दशकमा पहिलो पटक दुई महिलाले चुनाव जित्नुलाई ऐतिहासिक भनेका छन्।

कोहिमाकी वरिष्ठ पत्रकार मोनालिसा चाङ्किजाले दुवै महिलाले चुनाव जित्नु नागाल्याण्डको इतिहासमा कोसेढुङ्गा सावित भएको बताइन् ।

उनी भन्छिन्, ’राज्यमा महिलामा साक्षरताको दर धेरै भए पनि समाजमा समान अधिकार पाएको छैन । यहाँ महिलालाई पैतृक सम्पत्तिमा अझै पनि अधिकार दिइएको छैन । तर यी महिलाको जितले एउटा बाटो खुला गरेको छ।’ बीबीसी

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन १९, २०७९ ११:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्