April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

मनकामनामा परेवा उडाउने कार्यक्रम नै बन्द

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १0:४३
मनकामनामा परेवा उडाउने कार्यक्रम नै बन्द

गोरखा:

प्रसिद्ध मनकामना मन्दिरमा परेवा उडाउन प्रतिवन्ध लगाइएको छ। सहिद लखन गाउँपालिका, मनकामना क्षेत्र विकास समिति तथा उद्योग वाणिज्य संघको मनकामना बजार इकाइसँग समन्वय गरी भिजिट मनकामना डटकमले आइतबारदेखि परेवा उडाउन निषेध गरेको हो। उडाइएका परेवा अत्याधिक मर्ने र व्यवस्थापन गर्न नसक्दा परेवा उडाउने कार्यक्रम नै बन्द गरिएको मनकामना क्षेत्र विकास समितिले जनाएको छ।

मनकामना मन्दिरमा दैनिक सरदर ३–४ हजार भक्तजन आउँछन्। उनीहरूमध्ये सय जनाले परेवा ल्याए भने पनि दुई सय परेवा दैनिक मन्दिरमा चढ्छन्। ती परेवाको व्यवस्थापन गर्न मन्दिरलाई समस्या भएको क्षेत्र विकास समितिका अध्यक्ष रामकुमार जोशी बताउँछन्। ‘देशका विभिन्न ठाउँबाट ल्याइएका परेवा यहाँको वातावरण अनुकूल हँुदैनन्। ५०–६० प्रतिशत परेवा त चढाएकै रातमा मर्छन्’, जोशी भन्छन्, ‘हरेक बिहान सफा गर्ने क्रममा डोकोका डोको मरेका परेवा फाल्नुपर्छ। जीवित परेवा राख्न परेवा पाटी पनि छैन। मरेका परेवा फाल्ने ठाउँको पनि अभाव भयो। त्यसैले रोक्न बाध्य भयौं।’

बाह्य वातावरणका साथै मन्दिरमा प्रयोग गरिएको सुनौला छाना पनि परेवाका कारण क्षति हुने उनीहरूको भनाइ छ। जिर्णोद्वार गर्दा मन्दिरको छानामा सुनको जलप लगाइएको छ। परेवाको दिसाले सो सुनको जलप तथा छानाको रूपलाई कूरुप गर्ने भएकाले पनि परेवा उडाउन रोक लगाइएको उनीहरूको भनाइ छ। विगतमा बर्डफ्लु फैलिएपछि पनि परेवा उडाउन निषेध गरिएको थियो। फेरि लुकीछिपी ल्याउने र चढाउन थालेका थिए।

पछिल्लो समय मन्दिरमा परेवा चढाउनेको संख्यामा वृद्वि हुँदै गएपछि पुनः परेवा उडाउनमा प्रतिवन्ध लगाइएको सचेतना अभियान सञ्चालक राजेन्द्र लामाले बताए। ‘परेवाका कारण मन्दिर प्रदूषित भएपछि पुजारीको विशेष अनुरोधमा हामीले फेरि आइतबारबाट यो अभियानलाई कडाइका साथ सञ्चालन गरेका छौं’, लामाले भने, ‘अहिले त परेवा चढाउने संकल्पसमेत गर्न बन्द गरिएको छ। परेवाको बिस्टा र मरेका परेवाले मन्दिरको आन्तरिक र बाह्य स्वरूप कामै नलाग्ने गरी बिगारेकाले मन्दिरलाई स्वच्छ, सफा र हराभरा बनाइराख्न परेवा उडाउन निषेध गरिएको हो।’

अभियानमा मन्दिरका पुजारी, मन्दिर रहेको पालिका सहिद लखन गाउँपालिका–२ र ३, मनकामना क्षेत्र विकास समिति र उद्योग वाणिज्य संघ, मनकामना इकाइ तथा स्थानीय संघ संस्थाहरूको पनि सहयोग रहेको वाणिज्य संघ, मनकामना इकाइ समितिका अध्यक्ष हरि श्रेष्ठले बताए। परेवा उडाउन निषेध गरिएको बारे चितवनको चेरेसस्थित मनकामना प्रवेशद्वार, मनकामना केवलकारको मूल गेट आसपास पनि सूचना गरिएको छ। परेवा निषेधबारे सूचना प्रवाह गर्न स्कुल तथा कलेजका विद्यार्थीको पनि प्रयोग गरिएको उनले बताए।

यो हप्ताभरि मनकामना मन्दिरमा आउनेहरूलाई ‘परेवा निषेध’ लेखिएको पर्चा वितरण गरिने र अर्को हप्तादेखि परेवा लिएर आएमा फिर्ता गर्न थालिने सो अभियानका सञ्चालक लामा बताए। मनकामना दर्शन प्रालिलाई समेत पत्राचार गरेर केबलकारमा यात्रा गर्ने जो कोहीलाई पनि मनकामनामा परेवा लैजान निषेध गर्न अनुरोध गरेको छ। देवीको नाममा मन्दिरमा चढाइएको परेवाका कारण समस्या पैदा भएको मनकामना मन्दिरका मूल पुजारी इन्सानबहादुर थापाले बताए। परेवाको उचित बासस्थान र चारोको अभावका कारण समस्या भएको उनको भनाइ छ।

  • साझा परिवेश
  • मङ्लबार, फाल्गुन २३, २०७९ १0:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट