May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

उत्तरी जर्मनीको ह्याम्बर्गस्थित एक चर्चमा गोली चल्यो, कैयौँको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:२७
उत्तरी जर्मनीको ह्याम्बर्गस्थित एक चर्चमा गोली चल्यो, कैयौँको मृत्यु

उत्तरी जर्मनीको ह्याम्बर्गस्थित एक चर्चमा भएको बन्दुक आक्रमणमा परी कैयौं मानिसको मृत्यु भएको छ।

‘जहोभस विटनेस’ इसाई अभियानकर्मीहरूको बैठक कक्षमा आक्रमण भएको समाचार संस्था एपीले जनाएको छ।

घटना कुन उद्देश्यले घटाइएको हो भन्नेबारे अझै यकिन हुन नसकेको प्रहरीले बताएको छ।

प्रहरी प्रवक्ता होल्गर भेरेनले गोली चलाउने व्यक्ति पनि त्यहीँ भवनमा रहेको र मृतकमध्ये एक हुनसक्ने बताए।

भवनको माथिल्लो तलामा गोली चलेको आवाज सुनेको प्रवक्ता भेरेनले जानकारी दिए। स्थानीय समय अनुसार बिहिबार राती करिब ९ः१५ बजे घटना भएलगत्तै प्रहरीलाई खबर आएको थियो। प्रहरी प्रवक्ताका अनुसार घटनामा संलग्न व्यक्ति भाग्न पाएका थिएनन्।

घटनामा घाइते भएकाहरूलाई अस्पताल लगिए पनि घाइतेको सङ्ख्या र उनीहरूको अवस्थाबारे विवरण सार्वजनिक भएको छैन।

प्रहरीले स्थानीय क्षेत्रमा मानिसहरूलाई प्रहरी कारबाही नसकिएसम्म घरबाट बाहिर ननिस्किन भनेको छ।

ह्याम्बर्गका आन्तरिक मामिला मन्त्री एन्डी ग्रोटले ट्विट गर्दै प्रहरीको विशेष फौज र ठूलो सङ्ख्यामा अधिकारीहरू घटनास्थलमा परिचालन गरिएको बताए।

प्रहरीले सर्वसाधारणलाई घटनाको अनुमानबारे सार्वजनिक अभिव्यक्ति नदिन र हल्ला नफैलाउन अपिल गरेको छ।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:२७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।