May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व चाहिने

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:५१
पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व चाहिने

काठमाडौं ।

पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व अपरिहार्य रहेको महिला पर्यटन व्यवसायीले औंल्याएका छन्। पर्यटन व्यवसायी मञ्च (ओटेफ)ले पोखरा, चितवन र नवलपुरका पर्यटन व्यवसायीसँग ‘व्यावसायिक अवसर र चुनौती’ विषयक अन्तरक्रियामा उनीहरूले महिलाहरू स्वयम् व्यवसायी बन्नुपर्नेमा जोड दिए।

गाउँपालिका राष्ट्रिय महासंघकी अध्यक्ष एवम् नवलपुर हुप्सीकोट गाउँपालिकाकी अध्यक्ष लक्ष्मी पाण्डेले देशको आर्थिक उन्नतिका लागि पर्यटन प्रवर्द्धनमा महिला नेतृत्व चाहिनेमा जोड दिइन्। ‘पयर्टन विकासमा सही मार्गनिर्देश गर्न महिलाको भूमिका महत्त्वपूर्ण छ,’ उनले भनिन्, ‘महिलामा हिम्मत र ज्ञान पनि उत्तिकै चाहिन्छ, यो सफलताको सूत्र हो।’

महिला पर्यटन व्यवसायी मञ्चकी अध्यक्ष उमा भण्डारीले महिलाको क्षमता, दक्षता सुधारसँगै आन्तरिक बाह्य पर्यटन प्रवर्द्धनमा जोड दिनुपर्ने धारणा राखिन्। ‘कोभिडबाट थलिएको पर्यटन केही हदसम्म उकासिन थालेको छ,’ उनले भनिन्, ‘हामीले पर्यटन व्यवसायीसँग केही सिक्ने र जानेको सिकाउने गर्नुपर्छ।’

नवलपुर अमलटारी होमस्टेका अध्यक्ष प्रेमशंकर मर्दनिया थारूले महिला पर्यटन व्यवसायी संस्था बनेकोमा गर्व गर्नुपर्ने बताए। ‘पर्यटन व्यवसायमा महिलाको आगमनले यस क्षेत्रका महिलालाई हौसला मिल्नेछ,’ उनले भने।

संस्थाकी निवर्तमान अध्यक्ष पार्वती पाण्डेले पोखरामा जस्तै अन्य ठाउँमा पनि पर्यटन व्यवसायी महिला समूह स्थापना गर्न सुझाइन्। हरेक क्षेत्रमा महिला पर्यटन समूह गठन गर्दा त्यस क्षेत्रको पर्यटनमा सहयोग पुग्ने उनको बुझाइ छ।

संस्थापक अध्यक्ष जमुना पराजुलीले व्यवसायी महिलाको क्षमता विकास, दक्षताका साथै पर्यटन प्रवर्द्धन गर्नु पर्ने बताइन्।

संस्थाका सल्लाहकार नर्मला कँडेलले महिलाले घर धान्नुपर्ने बाध्यतासँगै व्यवसायमा पनि समय दिँदै आएको बताइन्। गाउँ पर्यटन प्रवर्द्धन (भिटोफ) गण्डकीका सचिव तथा संस्थाकी सदस्य सुशीला भण्डारीले देशभरका होमस्टे व्यवसायीले पर्यटकलाई स्थानीय र अर्गानिक खाना खुवाउन जोड दिइन्।

  • साझा परिवेश
  • शुक्रबार, फाल्गुन २६, २०७९ १0:५१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।