May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

इमरान खानको मुद्दामा अब के हुन्छ ?

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ ११:0५
इमरान खानको मुद्दामा अब के हुन्छ ?

पाकिस्तानका गृहमन्त्री राणा सनाउल्लाहले बिहीबार पूर्व प्रधानमन्त्री इमरान खानले अदालतको आदेश नमान्ने हो भने नयाँ रणनीति बनाउने बताउनुभएको छ।

एक निजी समाचार च्यानलसँगको कुराकानीमा उनले इमरान खानले अदालतको आदेशको सम्मान गर्नुपर्ने र सार्वजनिक समय खेर फाल्ने तरिका अपनाउन नहुने बताउनुभयो ।

राणा सनाउल्लाहले पिटिआई प्रमुख इमरान खानले देशमा अशान्ति फैलाएर राजनीतिक फाइदा उठाइरहेको आरोप लगाएको छो। उनले भने, ‘उनी आफैँ र उनका समर्थकहरू कानुन र व्यवस्था उल्लङ्घन गरिरहेको पाइएको छ ।’

एक प्रश्नको जवाफमा उनले इमरान खानलाई गिरफ्तार गर्नु आफ्नो प्राथमिकता नभएको तर उनले देशमा अराजकता सिर्जना गरेको बताए । ‘इमरान खान अदालतमा हाजिर हुने सम्बन्धमा दिइएको आदेशलाई हामी कार्यान्वयन गर्नेछौँ,’ उनले भने ।

यस्तै, इमरान खानले बिहीबार आफूलाई प्रहरीले हिरासतमा राखेर यातना दिँदै हत्या गर्न चाहेको बताउनुभएको छो।

इमरान खानलाई पक्राउ गर्न प्रहरी बिहीबार उनको घर पुगे पनि उनलाई पक्राउ गर्न सकेन । त्यसपछि प्रहरीले उनी विरुद्ध नयाँ एफआइआर दर्ता गरेको छ । यस नयाँ एफआईआर अनुसार इमरान खानमाथि प्रहरीमाथि आक्रमण गर्न मानिसहरूलाई उक्साएको आरोप लगाइएको छ ।

इमरान खानविरुद्ध ८३ वटा एफआइआर दर्ता भएका छन् । हालको हङ्गामा दुई मामिलाका कारण भइरहेको छ । तोशाखाना र महिला न्यायाधिसको अपमान ।

यी दुवैमा उनी विरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको थियो । तर, अब तोशाखान मुद्दामा मात्रै वारेन्ट बाँकी छ । बिहीबार दिउँसो न्यायाधीश जेवा चौधरीको इजलासले वारेन्ट खारेज गरेको हो । उनलाई सोमबार अदालतमा बोलाइएको छ ।

तोशाखाना मुद्दामा इमरान खानको घरबाहिर प्रहरी पुगेको थियो, अब उनी मार्च १८ मा इस्लामावाद उच्च अदालतमा हाजिर हुनुपर्नेछ ।

के हो तोशाखाना प्रकरण ?

७० वर्षीय खानविरुद्ध गैर जमानती वारेन्ट जारी गरिएको छ । आफ्नो सम्पत्ति विवरणमा उनले तोशाखानाबाट प्राप्त उपहारहरूको विवरण लुकाएको बताइएको छ । तोशाखाना – एक कोष, अन्तर्गत सरकारी अधिकारीलाई विदेशी अधिकारीले दिएका उपहार राख्ने गरिन्छ ।

खानलाई उपहार दिएका तीन घडी बेचेर ३६ मिलियन डलर कमाएको आरोप छ । उनले कुनै उपहार कोषमा जम्मा नगरेको आरोप छ, पाकिस्तानमा प्रधानमन्त्री भएकाले निश्चित रकम तिरेर मात्र उपहार राख्न पाइन्छ । उनले यो नियम पनि उल्लंघन गरेको आरोप छ ।

इस्लामाबाद उच्च अदालतले गत हप्ता पीटीआई अध्यक्ष विरुद्ध जिल्ला र सेसन कोर्टले जारी गरेको गिरफ्तारी वारेन्टलाई मार्च १३ सम्म निलम्बन गरेको थियो ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र ३, २०७९ ११:0५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।