April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

गुमनाम जीवन बाँचेका वीर गोर्खालीहरूलाई सलाम सहित सम्मान

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ 0९:५९
गुमनाम जीवन बाँचेका वीर गोर्खालीहरूलाई सलाम सहित सम्मान

धरान । संसारमा नेपाल र नेपालीलाई वीरहरूको देश भनेर पहिलो पटक चिनाउने काम विश्व युद्धमा लडेका गोर्खाली सैनिकहरू हुन् ।
पहिलो विश्व युद्धको इतिहास मात्र छ । दोस्रो विश्व युद्धमा लडेका जीवित वीर गोर्खालीहरू अहिले पनि नेपालमा गुमनाम जीवन बिताइ रहेका पाइन्छन् ।
राज्यको ध्यान नगए पनि पछिल्लो समय उनीहरूलाई खोजेर सलाम र सम्मान गर्न स्थापित गोर्खा सिमेट्री ट्रष्ट नेपालले दोस्रो विश्व युद्धका ३ जना वीर गोर्खालीलाई शनिवार धरानमा सम्मान गरेको छ । प्रथम गोर्खा ट्रेल ब्लेजर दौडको समापन समारोहमा सन् २०१८ को दोस्रो विश्वका वीर सिपाही त्रय लाई सम्मानित गरेको हो ।

विश्व युद्धको विभिषिकासंग प्रत्यक्ष सामना गरेका तेह्रथुम घर भई हाल धरान११ बस्दै आएका १०१ वर्षीय धनदल लिम्बू र सङ्खुवासभा घर भई हाल विराटनगर बस्दै आएका १०१ वर्षीय मगबहादुर लिम्बू सहित ओखलढुङ्गाका १०२ वर्षीय धनसिंह राई सम्मानित भएका हुन् । मगबहादुर भने बयोबृद्धताका कारण ओखलढुङ्गाबाट आउन सकेनन् ।
सम्मान समारोह धरान १७ रत्न चोकबाट सुरु भई धरान २० गोर्खा स्मृति पार्कमा भएको ट्रेइलब्लेजर दौड प्रतियोगिताको समापनको अवसरमा भएको हो । वीर गोर्खालीहरूलाई धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले सम्मान पत्र प्रदान गरे ।

गोर्खा सिमेट्री ट्रष्ट नेपाल वीर गोर्खालीहरूलाई खोजेर समाजमा चिनाउन र सम्मानित गर्न स्थापना भएको हो । ट्रष्टले युद्धमा वीरगति प्राप्त गरेको स्मृतिमा नेपालमा पहिलो पटक गोर्खा ट्रेइल ब्लेजर २०२३ रेस आयोजना गरेको हो । ट्रेइलबेजर दौडमा पुरुष तर्फ खोटाङका देवराज बस्नेत प्रथम भएका थिए । महिलातर्फ तर्फ धरानकी छेन्बीमाया राई प्रथम भइन् । साढे ८ किलोमिटरको दूरी देवराजले ३१ दशमलव २५ मिनेटमा पूरा गरेर प्रथम भएका हुन् ।महिला तर्फ छेन्बी मायाले उक्त दुरी ४३ दशमलव ०७ मिनेटमा पूरा गरेकी थिइन् । प्रथमद्वयले १५र१५ हजार रुपैयाँ, मेडल र ट्रफी प्राप्त गरे । पुरुषतर्फ दोस्रो धरानका प्रशान्त तामाङले ३१ दशमलव ४७ मिनेटमा दूरी पूरा गरेका थिए ।
तेस्रो खोटाङका जुनेश खड्काले ३२ दशमलव ३२ मिनेट र चौथो बिर्तामोडका समीर कन्दङ्वाले ३१ दबमलब ४९ मिनेटमा दूरी पुरा गरे ।

उनीहरूलाई क्रमशः १५ हजार, १० हजार, ५ हजार र ३ हजार रुपैयाँ मेडल र ट्रफी प्रदान गरियो । महिला तर्फ दोस्रो सङ्खुवासभाकी सुनकला राईले ४४ दशमलव १३ मिनेट, तेस्रो धरानकी इन्द्रकला लिम्बूले ४४ दशमलव ५२ मिनेट र चौथो धरानकी कल्पना राईले ४६ दशमलव ३१ मिनेटमा उक्त दुरी पुरा गरेकी थिइन् । उनीहरूलाई पनि १५, १०, ५ र ३ हजार रुपैयाँ मेडल र ट्रफी प्रदान गरियो । दौडमा २ सय जना सहभागी थिए ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ 0९:५९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।