April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रमै मुख्यमन्त्रीको पुत्ला दहन

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १६:0६
विराटनगरमा पहिचानवादीको प्रदर्शन : निषेधित क्षेत्रमै मुख्यमन्त्रीको पुत्ला दहन

विराटनगर । कोशी प्रदेशको नाम खारेज गर्नुपर्ने माग राख्दै विराटनगरमा आन्दोलन गरिरहेका पहिचानवादीहरुले स्थानीय प्रशासनले निषेधित क्षेत्र घोषणा गरेकै स्थानमा मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गरेका छन् ।

प्रदेशको पुनः नामकरणको माग गर्दै संयुक्त सङ्घर्ष समितिको आयोजनामा महेन्द्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय छेउ पुगेका उनीहरुले चर्को नाराबाजी गर्दै पुत्ला दहन गरेका हुन् । रोड शेषबाट अगाडी बढ्ने क्रममा प्रहरीले अश्रुग्यास प्रहार गरेपछि उत्तेजित भएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेका छन् ।

स्थानीय प्रशासनले मुख्यमन्त्री कार्यालय आसपासको क्षेत्रलाई निषेधित क्षेत्र तोकेको छ । निषेधित क्षेत्र घोषणा गरिएको मुख्यमन्त्री कार्यालय आसपासमै अहिले प्रदर्शन भईरहेको छ ।
दिउँसो १ बजेदेखि प्रदर्शन सुरु भएको हो । प्रदर्शनमा माओवादी नेता गोपाल किराँती, लिम्बुवानका नेता तथा पहिचान पक्षधरहरू कुमार लिङ्देन, सञ्जुहाङ पालुङ्वा, प्रेम एक्तेन, ज्ञानबहादुर राई, डकेन्द्रसिंह थेगिम, गेल्जे लामा शेर्पा, आङ्दावा शेर्पा, दिलराम राई, मिशेकहाङ्ग थाम्सुहाङलगायतले सम्बोधन गर्ने कार्यक्रम समेत रहेको छ ।

प्रदर्शनका लागि जिल्लाजिल्लाबाट ठूलो संख्यामा पहिचानवादी प्रदर्शनकारी विराटनगर आएका छन् । आन्दोलनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय मोरङले विराटनगरको प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरिपरि ३०० मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म प्रशासनले निषेधित क्षेत्र तोकेको थियो ।

  • साझा परिवेश
  • आइतवार, चैत्र ५, २०७९ १६:0६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट