December 11, 2023 | सोमवार, मंसिर २५, २०८०
सुचनाहरु
जंकफुड निषेधगरी स्कुलले ६ दिनमा ६ थरि खाजा खुवाउने १८ वर्षीय युवकद्वारा ‘१७ लाख ठगी” मिसन ०८४ को पछि लागेर देश बिग्रियो : गुरुङ सर्वोच्चका प्रस्तावित न्यायाधीशको सुनुवाइ मिति तोकियो विदेश राज्यमन्त्रीसंग विपीन जोशीको रिहाइका निम्ति अनुरोध गर्दै परराष्ट्रमन्त्री साउद अब आन्दोलन नै गर्नुपर्छ : कमल थापा विकासको काममा सरकारको ध्यान नै छैन : ओली बबरमहलको ट्राफिक लाइट बनाइयो अन्तर्राष्ट्रिय उडान माग गर्दै आन्दोलनसहित-धर्ना तारमा छोइएको बाँसलाई समाउँदा हवल्दारको मृत्यु अनुसन्धान अधिकृतकै शैक्षिक प्रमाणपत्र नक्कली भेटेपछि… संक्रमणकालीन न्यायलाई छिट्टै टुंगोमा पुर्याउँछु : प्रधानमन्त्री संसद्‌मा सिद्धान्तअनुसार प्रतिनिधित्व फितलो : आयोग आगलागीले ४ जनाको मृत्यु, २ सयको उद्धार उडिरहेको जहाजबाट एक्कासि ढोकाको सिसा झरेपछि… इरानद्वारा १३ हजार अफगान निष्कासन बलिङमा नेपालको उत्कृष्ट सुरुआत सन्दीपको मुद्दा न्यायाधीश पाण्डेयको इजलासको १ नम्बरमा एनसेल ओपन गल्फमा बाबु शेर्पाले जिते उपाधि अफगानिस्तानविरुद्ध फिल्डिङमा नेपाल

भूकम्प क्षेत्रमा महामारी फैलिन सक्छ : डा. केसी

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:00
भूकम्प क्षेत्रमा महामारी फैलिन सक्छ : डा. केसी
  • महामारीजन्य रोग फैलन नदिन सरकारले ध्यान दिनुपर्ने 
  • महामारी फैलिनबाट रोकथामका लागि ठोस कदम चाल्नुपर्ने 
  • कदमलाई  हेलचक्र्याइँ र गैरजिम्मेवारपनका कारण भ्रूण अवस्थामै राखिए

काठमाडौं ।।

चिकिसा शिक्षा सुधार अभियन्ता डा. गोविन्द केसीले जाजरकोट भूकम्पग्रस्त क्षेत्रमा महामारीजन्य रोग फैलन नदिन सरकारको ध्यानाकर्षण गराएका छन् । आइतबार विज्ञप्ति जारी गर्दै उनले सो क्षेत्रमा झाडापखाला र श्वासप्रश्वासजन्य रोगको महामारी फैलन नदिन सरकारबाट ठोस कदम नचालिएको बताएका छन् ।

“झाडापखाला र श्वासप्रश्वासजन्य रोगको महामारी फैलिनबाट रोकथामका लागि ठोस कदम चालेको पाइँदैन । फैलिएको खण्डमा दशकौँदेखि राज्य नेतृत्व पक्षको हेलचक्र्याइँ र गैरजिम्मेवारपनका कारण भ्रूण अवस्थामै राखिएका स्थानीय स्वास्थ्य संस्थाहरू जो भूकम्पबाट सामान्य घाइतेहरूको उपयुक्त उपचार गर्ने क्षमताका छैनन्, महामारी ‘कोप’ गर्न सक्ने छैनन् ।

परिणाम भयावह हुनेछ,” विज्ञप्तिमा भनिएको छ । ग्रामीण भेगमा ठूला अस्पतालको अभाव र क्षमताहीन साना स्वास्थ्य केन्द्रहरूका कारण ०७२ सालको भूकम्प र कोरोना महामारीका बेला धेरैले ज्यान गुमाउनुपरेको तथ्यबाट सरकारले अझै पाठ नसिकेको उनको भनाइ छ ।

 

 

 

 

  • साझा परिवेश
  • आइतवार, मंसिर ३, २०८० १३:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।