April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

स्ववियु : सुनसरी बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनका यादव निर्वाचित

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:४८
स्ववियु : सुनसरी बहुमुखी क्याम्पसमा समाजवादी विद्यार्थी युनियनका यादव निर्वाचित

इनरुवा । सुनसरी बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) सभापतिमा समाजवादी विद्यार्थी युनियनका देवकुमार यादव निर्वाचित भएको छ ।

आइतबार भएको निर्वाचनको अन्तिम मतपरिणामसहित कूल ४७१ खसेको मतमध्ये यादवले २६० मत प्राप्त गर्दै सभापतिमा निर्वाचित भएको हो ।

निकटतम प्रतिद्वन्दी नेपाल विद्यार्थी संघ (नेविसंघ) का उम्मेदवार नन्दन गुप्ताले १९९ मत प्राप्त गरे ।

यस क्याम्पसमा समाजवादी विद्यार्थी युनियन, अनेरास्ववियु, अनेरास्ववियु क्रान्तिकारी, लोकतान्त्रिक विद्यार्थी संघ र प्राज्ञिक विद्यार्थी समूहको तालमेल थियो ।

यस्तै, सचिवमा अनेरास्ववियुका दिब्सन कार्की निर्वाचित भएको छ । कार्कीले २३४ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी नेविसंघका उम्मेदवार सुदीप कुमार मेहताले २१८ मत प्राप्त गरे ।

कोषाध्यक्षमा लोकतान्त्रिक विद्यार्थी संघकी आरती मेहताले २२४ मत प्राप्त गर्दै निर्वाचित भइन् । निकटतम प्रतिद्वन्दी नेविसंघकी उम्मेदवार अनुकुमारी मण्डलले १७७ मत प्राप्त गरिन् ।

त्यस्तै, सदस्यहरूमा अखिल क्रान्तिकारीका सन्तोष मण्डल, अरुण महतो निर्वाचित भए भने अनेरास्ववियुकी मन्दिरा काफ्ले, प्राज्ञिक विद्यार्थी समूहकी सुस्मिता कुमारी उराँव र नेविसंघका नीरज शर्मा निर्वाचित भएको छ।

  • साझा परिवेश
  • सोमवार, चैत्र ६, २०७९ ११:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट