May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

करण केसी र यु-१९ का ३ क्रिकेटरलाई भूपू खेलाडीको सम्मान

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १0:४६
करण केसी र यु-१९ का ३ क्रिकेटरलाई भूपू खेलाडीको सम्मान

पोखरा । भूतपूर्व खेलाडी मञ्च पोखराले सिनियर टोलीका क्रिकेटर करण केसीसहित यु–१९ का सुवास भण्डारी, अर्जुन कुमाल र दीपक डुम्रेलाई मंगलबार पोखरामा नगदसहित सम्मान गरेको छ ।

मञ्चले गण्डकी प्रदेशको प्रतिनिधित्व गर्दै नेपाललाई विश्वकप छनोटमा पुर्‍याउन महत्वपूर्ण योगदान गरेका बागलुङका केसीसँगै यु–१९ विश्वकपमा छनोटमा पुर्‍याउने टोलीका सदस्यत्रय कास्कीका सुवास भण्डारी, अर्जुन कुमाल र नवलपुरका दीपक डुम्रेलाई सम्मान गरेको हो । डुम्रे भने व्यस्तताका कारण्ण कार्यक्रममा सहभागी थिएनन् ।

आईसीसी विश्वकप लिग २ का खेलमा केसीले कुल ५० विकेट लिंदै सानदार प्रर्दशन गरेका थिए । उनलाई मञ्चले २० हजार रुपैयाँसहित सम्मान गरेको हो । त्यस्तै सन् २०२४ मा श्रीलंकामा हुने विश्वकपमा छनोट भएका यु१९ का ३ जना खेलाडीलाई मञ्चले जनही ५ हजारका दरले नगदसहित सम्मान गरेको हो ।

मञ्चका कार्यबाहक अध्यक्ष दिलबहादुर गुरुङले खेलमा जितसँगै नेपालीलाई एकताको सुत्रमा बाँधेको बताए । ‘अब उहाँहरू व्यक्तिगत हुनुहुन्न, सार्वजनिक व्यक्तित्व भइसक्नुभयो, अब उहाँहरुको जिम्मेवारी झनै बढेको छ,’ उनले भने । उनले पोखरा रंगशालामा रहेको क्रिकेट मैदानको पनि छिटो स्तरोन्नति हुनुपर्ने बताए ।
खेलाडी करण केसीले आफूहरुले प्रतियोगिताका दौरान धेरै मेहनत गरेको र त्यसैको प्रतिफल पाएको सुनाए । ‘हामी धेरै नै मेहेनत गरेका गर्छौं । यसरी नै सधैं माया, सम्मान भइरहने हो भने अझै धेरै ऊर्जा जाग्छ,’ उनले भने ।

सोही अवसरमा पोखरा क्रिकेट एक्याडेमीले पनि खेलाडीलाई सम्मान गरेको थियो । एक्याडेमीले ४ जना खेलाडीलाई जनही ५ हजार रुपैयाँका दरले सम्मान गरेको हो ।

 

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १0:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।