sweet bonanza
February 2, 2026 | सोमवार, माघ २१, २०८२
सुचनाहरु
Rozkwit czarów: Tajemnicze kasyna, gdzie złote marzenia stają się rzeczywistością w walce z fortuną i przeznaczeniem. Казино Официальный Сайт Играть в Онлайн Казино Pin Up.2417 Казино Официальный сайт Pin Up Casino играть онлайн – Вход Зеркало.6471 Pinco Online Kazino Azrbaycanda 2025 n Yax Oyun Platformas – Пинко Казино Онлайн.2094 (2) Pinco Online Kazino Azrbaycanda Srtli dnilr v xarlar Пинко Казино Онлайн.401 Understanding the psychological rewards of gambling जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा

छिमेकीले मारपीट गर्दै कपाल उखेले, न्याय दिने कोहि छैन

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १६:४७
छिमेकीले मारपीट गर्दै कपाल उखेले, न्याय दिने कोहि छैन

विराटनगर । मोरङको जहदा गाउँपालिका–४ सोहल टोलमा अतिविपन्न एक परिवारलाई छिमेकीले मरणासन्न हुने गरि कुटपिट गरेको घटनालाई प्रहरीले वेवास्ता गरेको छ । पीडक पहुँचवाला हुँदा स्थानीय जनप्रतिनिधि समेत बोल्न नसक्ने स्थितिमा हुँदा प्रहरीले समेत न्याय दिलाउन आनाकानी गर्दै आएको हो ।

केहिदिन अगाडी ५६ वर्षीया ममतादेवी सिंहको घरमा आन्तरिक सामान्य विवाद उत्पन्न भएको थियो । छोरा–छोरी र आमाबीच सामान्य व्यवहारिक विषयमा भईरहेको छलफलका क्रममा छिमेकी दिनेश कुसवा सिंह, चन्दन सिंह, श्रवण सिंह र महावीर सिंह घर भित्र प्रवेश गरेर अन्धाधुन्ध हिर्काएको पीडितले बताएकी छिन् । ‘राती ११ः३० बजेको थियो, अचानक चारजना पसेर मलाई र छोरालाई हिर्काए’ ममताले भनिन्–त्यसपछि गुहार माग्दै वडा अध्यक्ष शंकर गामीको घर पुगें, उनले प्रहरीलाई फोन गरेर बोलाए । ममताको घरसँगै जोडिएको रतन सिंहको घरमा रहेका चारजनाले ममताको कपालमा समाएर हिर्काउँदा घाँटी, ढाड र खुट्टा सुनिएको थियो । उनको टाउकाको एक मुठ्ठी कपाल उखलिदिएका थिए । उनी त्यहि कपाल बोकेर अहिले न्याय माग्दै सञ्चार संस्थाका कार्यालय र मानव अधिकारसँग सम्बन्धित संघसंस्थामा धाउँदै आएकी छिन् ।

सिंहको घर ऐलानी ७ धुर जग्गामा रहेको छ । पुस्तौंदेखि बस्दै आएकी उनलाई त्यहाँबाट विस्थापित गराएर साँध जोडिएका रतन सिंहले उक्त जग्गा हडप्ने योजना अनुसार बारम्बार घटना हुने गरेको पीडितको दावी छ । ‘उनीहरुको ठूलो जत्था छ, मेरो सासु–ससुरा पनि उनीहरुबाट बारम्बार कुटिए, अहिले म कुटिरहेकी छु’ पीडित सिंहले भनिन्–काटेर माटो मुनी गाडी दिन्छु भन्ने धम्की दिने गरेका छन् । पहुँचवाला भएका कारण रतन सिंहले बारम्बार आफ्ना मान्छे खटाएर कुट्ने र घटनालाई डिसमिस पार्ने गरेको स्थानीयहरु बताउँछन् ।

जहदा गाउँपालिका–४ का वडा अध्यक्ष शंकर गामीले कुटपिटको विषय आफूलाई जानकारी नभएपनि मध्यरातमा आफ्नो घरमा आएकोले प्रहरीलाई फोन गरेर घटना बुझ्न आग्रह गरेको र ममतालाई जिम्मा लगाएको बताएका छन् । ‘मसम्म आईपुग्दा अवस्था दयनिय थियो’ अध्यक्ष गामीले भने–कपडाहरु सबै च्यातिएका थिए, उनी अचेत जस्तै देखिन्थिन् । घटना कसरी भयो भन्ने यकिन नहुँदा अध्यक्ष गामीले प्रहरीलाई खबर गरेका थिए । त्यसपछि प्रहरीले ममतालाई घरसम्म ल्याएर उपचार गरेर प्रहरीमा आउन भनेका थिए ।

उनले कोशी अस्पतालमा उपचार गराई रहेकी छिन् । प्रहरीमा समेत उजुरी दिएकी छिन् । तर, गाउँका रतन सिंह हिटलर जस्तै भएका कारण ममताको पक्षमा बोलिदिने अन्य कोहि नहुँदा उनी जिल्ला प्रहरी कार्यालय आउन समेत डराउने गरेकी छिन् । ‘मेरो कुनै चानपहिचान छैन, कसैले सहयोग गर्ने अवस्था पनि नहुँदा म आउन सकिरहेको छैन’ ममताले भनिन्–बारम्बार कुटाई खाईरहेकी म, कुन दिन मारिने छु ।

पोखरिया प्रहरी चौकीका वरिष्ठ सई राजन कटुवालले पीडितले जिल्ला प्रहरी कार्यालयमा निवेदन दिएकोले छलफलका लागि बोलाइएको जानकारी दिए । छलफलमा बोलाउँदा विपक्षीहरु पुगेपनि पीडित नजाँदा घटनाको वास्तविकता थाहा नभएको कटवालको भनाई छ । बुधबार फेरी विपक्षी र पीडित पक्षलाई राखेर छलफल गराईने भएको छ । तर, प्रहरीले छलफल राखेर पठाएपनि पीडितको पक्षमा उभिनु पर्ने स्थानीय जनप्रतिनिधि नै डराउने गरेका कारण घटना बारम्बार दोहोरिन सक्ने स्थानीय एक जानकारले बताएका छन् । ऐलानी जग्गाको पूर्जा सरकारले दिलाउन सक्ने भएपछि ममता सिंहलाई त्यहाँबाट पहिल्यै विस्थापित गराउने योजना अनुसार कुटपिट भईरहेको ती जानकार बताउँछन् ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र ७, २०७९ १६:४७

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

casino giriş
casino bet giriş
casino giriş
online pokies payid