April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ ११:४२
आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना भागे

सप्तरी । मधेश प्रदेशस्थित आफ्नै छिमेकीको घरमा आगो लगाएर तीन जना फरार भएको घटना बाहिर आएको छ । यो घटना सप्तरी जिल्लाको रहेको छ ।

शनिबार बिहान ३ बजेको समयमा सप्तरीको सुरूङगा नगरपालिका ९ बैरबोना स्थितमा ४५ वर्षीय रमानन्द यादवको खरले छाएको फुसको घर भित्र राख्ने अन्नपात भएको घरमा स्थानीय तीनजना आगो लगाएर फरार भएको प्रहरीले जनाएको छ ।

स्थानीय ३५ वर्षीय बिरेन्द्र यादव, उनको श्रीमती २९ वर्षीया रन्जु कुमारी यादव र सोही नगरपालिकाको वडा नं. १० सिस्वा बस्ने ४५ वर्षीय रामबिलास यादवसमेतले मिलेर घरमा आगो लगाउँदै गरेको अवस्थामा स्थानियले देखेपछि हो–होल्ला गर्दा फरार भएको प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक नरेशकुमार सिंहले जानकारी दिए ।

आगलागिबाट घर र घर भित्र रहेको नगद १५ हजार र अन्नपात गरी ९९ हजार २ सय रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १२, २०७९ ११:४२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट