May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

इटहरीमा एक युवकमाथि छुरा प्रहार

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १५:११
इटहरीमा एक युवकमाथि छुरा प्रहार

सुनसरी। इटहरीमा एक युवकमाथि छुरा प्रहार भएको छ । इटहरी १ स्थित पीपल चौकनजिकै मुख्य राजमार्गमा युवकमाथि छुरा प्रहार भएको हो ।

शुक्रबार (आज) दिउँसो २ः३० बजेतिर इटहरी १४ गैसारका अन्दाजी ३० वर्षीय मोहमद अफ्तारमाथि छुरा प्रहार भएको हो । उनीमाथि तीनजनाको समूहले छुरा र चिर्पट प्रहार गरेको बताइएको छ ।

‘राजमार्गमा उभिइरहेको बेला पछाडिबाट चिर्पट प्रहार गरियो,’ एक प्रत्यक्षदर्शीले टाकुरासँग भने, ‘चिर्पट प्रहार गरेपछि छुरा प्रहार गरियो, छुरा प्रहारमा संलग्नलाई हामीले घेरेर पक्राउ गरी प्रहरीकहाँ बुझाएका छौँ ।’

छुरा प्रहारबाट घाइते भएका अफ्तारको इटहरीस्थित सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी निरीक्षक भीमबहादुर खड्काले जानकारी दिए ।

पैसाको लेनदेनका कारण छुरा प्रहार भएको हुनसक्ने प्रारम्भिक अनुसन्धानबाट खुलेपनि घाइते भएका युवकले आँफूमाथि छुरा प्रहार गर्ने व्यक्तिलाई नचिनेको बताएका छन् ।

छुरा प्रहारमा संलग्न दुईजनालाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • शुक्रबार, चैत्र १७, २०७९ १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।