sweet bonanza
February 26, 2026 | बिहिबार, फाल्गुन १५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

रवि लामिछानेविरुद्ध फेरी सर्वोच्च अदालतमा रिट पेश

  • साझा परिवेश
  • आइतवार, चैत्र १९, २०७९ १६:३0
रवि लामिछानेविरुद्ध फेरी सर्वोच्च अदालतमा रिट पेश

काठमाडौं 

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध राहदानी दुरुपयोग मुद्धामा अनुसन्धान गर्नुपर्ने मागसहित सर्वोच्च अदालतमा रिट पुगेको छ ।

लामिछानेले नेपाली राहदानी दुरुपयोग गरेको भन्दै सिन्धुलीका युवराज पौडेल सफलले सर्वोच्च अदालतमा रिट पेश गरेका हुन् । सर्वोच्च अदालत प्रशासनले उक्त रिटमाथि अध्ययन भइरहेको बताएको छ । प्रवक्ता बिमल पौडेलले भने, ‘रिट आइपुगेको छ, अध्ययनपछि केही सच्याउनपर्ने भएकाले उहाँ (युवराज सफल) ले लिएर जानु भएको छ ।’

रिट लिएर सर्वोच्च पुगेका युवराज सफलले सर्वोच्च प्रशासनले रिटमा केही सुधार गर्न आग्रह गरेको बताए ।

प्रहरीले ३० फागुन र महान्याधिवक्ताको कार्यालयले ६ चैतमा राहदानी दुरुपयोग कसुरमा लामिछानेविरुद्ध मुद्धा नचलाउने निर्णय गरेको थियो ।
प्रहरी र महान्यायाधिवक्ता कार्यालयलको यही निर्णय उल्ट्याएर राहदानी दुरुपयोग कसुरमा लामिछाने विरुद्ध मुद्धा चलाउनुपर्ने माग गरिएको रिट निवेदन सर्वोच्च अदालत पुगेको हो ।

नागरिकता विवाद मुद्धामा १३ माघमा सर्वोच्च अदालतले लामिछानेको सांसद पद खारेज गरेको थियो । अमेरिकी नागरिकता त्यागेर नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको भन्दै त्यतिबेला रविले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष र सांसद पद गुमाएका थिए ।

  • साझा परिवेश
  • आइतवार, चैत्र १९, २०७९ १६:३0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid