sweet bonanza
February 6, 2026 | शुक्रबार, माघ २५, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

अदभूतः मन्दिर भत्काउन खोज्दा लँगूरले रोके, डोजर नगएसम्म मन्दिरमै बसेर दिए सुरक्षा !

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १0:३६
अदभूतः मन्दिर भत्काउन खोज्दा लँगूरले रोके, डोजर नगएसम्म मन्दिरमै बसेर दिए सुरक्षा !

सिरहा । राजमार्ग निर्माणको क्रममा सडकमा परेको भन्दै मन्दिर भत्काउन गएका ठेकेदारलाई लँगूरले मन्दिर भत्काउन दिएनन् भनेर भन्दा पत्यार नलाग्ला, तर घटना सत्य हो ।

सिरहा जिल्लास्थित नरहा गाउँपालिकाको वडा नं. ३ नयाँ चोक चोहर्बास्थित रहेको पूर्व–पश्चिम राजमार्गसँगै जोडिएर रहेको नगर डिहबारको मन्दिरमा डोजर चलाउन जाँदा एक लँगूर (बाँदर प्रजाती) ले पहरा दिएर रोकेका छन् ।

त्यहाँ स्थित रहेको हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र नगर डिहबार (डिहबार बाबा) को मन्दिरमा डोजर चलाउन जाँदा लँगूरले अगाडी बढन दिएनन् । कहिले नदेखिने लँगूर डोजर पुगेपछि अचानक आएर डोजरलाई रोकेको चालकले बताएका छन् ।

राजमार्गमा परेको भन्दै डिहबारको मन्दिर भत्काउन चाईना कम्पनीले डोजर पठाएका थिए । दिउँसो पठाएको डोजर लिएर गएपछि अचानक लँगूर आएर सो ठाउँमा अवरोध गर्न थालेको स्थानीय प्रत्यक्षदर्शीहरुले बताएका छन् ।

केही बर्ष अगाडी मन्दिरको छेउमा रहेको सखुवाको बोट ढाल्न खोज्दा त्यहाँ डोजर आफैँ बन्द हुने गरेको घटना स्थानीयहरुले सुनाए । डिहबार मन्दिरमा दैवी शक्ति प्रकट रहेको स्थानीयहरु बताउँछन् ।

दिउँसो डोजर लिएर मन्दिर भत्काउन पुगेका ठेकेदारलाई एक लँगूरले दिनभरि भत्काउन दिएनन् । डोजर जान थालेपछि लँगूर पनि हिँडेको स्थानीयहरु बताउँछन् ।

अहिले सो मन्दिर तोडफोड नगरी नक्सा सारेर राजमार्ग विस्तार गर्न स्थानीयहरुले माग उठाउन थालेका छन् । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र र दैवी शक्ति प्रकट भएको भन्दै मन्दिर भत्काउन नदिने अडान कस्न थालेका छन् ।

स्थानीयहरुले यसलाई अदभूत र चमत्कार पनि भनेका छन् ।

आज बिहान फेरी त्यही लँगूर मन्दिरमा आएर बसेका हुन्। भगवान हनुमान स्वयम् प्रकट भएको भन्दै सयौंको संख्यामा स्थानीयहरू दर्शन गर्न आएका छन्।

  • साझा परिवेश
  • बिहिबार, चैत्र २३, २०७९ १0:३६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid