sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सीडीयो किरण : सुदूरपश्चिम कै उदाहरण

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ ११:0८
सीडीयो किरण : सुदूरपश्चिम कै उदाहरण

दार्चुला । नेपालमा तुलनात्मक रुपमा प्रशासनिक नेतृत्वमा पुरुष भन्दा महिलाको संख्या थोरै छ । अझैं सुदूरपश्चिमबाट प्रशासनिक नेतृत्वमा महिलाको उपस्थिति धेरै कमजोर देखिन्छ ।

नौ वटा जिल्ला रहेको सुदूरपश्चितबाट एक जना महिला पनि सीडीयो अर्थात प्रमुख जिल्ला अधिकारी बनेका थिएनन् । तर, यो नकारात्मक रेकर्डलाई बझाङकी किरण जोशीले तोडेकी छन् ।
सुदूरपश्चिम प्रदेशमा नौ वटा जिल्ला छन् । तर, मुलुकको प्रशासनिक क्षेत्रमा सुदूरका महिलाको उपस्थिति अन्य क्षेत्रभन्दा कमजोर छ ।

यस पहिले त सुदूरपश्चिमबाट कुनै पनि महिला प्रमुख जिल्ला अधिकारी बनेका थिएनन् । तर, यस्तो नकारात्मक रेकर्ड बझाङको दुर्गाथली गाउँपालिका–४ की किरण जोशी तोडिन् ।

अहिले उनी सुदूरपश्चिम प्रदेश मै पहिलो महिला प्रमुख जिल्ला अधिकारी बनिन् ।

त्रिदेशीय सिमाना जोडिएको दार्चुला जिल्लामा चैत्र दोस्रो सातादेखि उनले कार्यभार सम्हालिरहेकी छन् । नेपाल सरकारकी उपसचिव जोशी कञ्चनपुरमा जन्मिएकी हुन् ।

गृह मन्त्रालयअन्तर्गतको कसुरजन्य सम्पत्ति व्यवस्था विभागमा कार्यरत जोशीलाई मन्त्रालयले दार्चुलाको सीडीओको जिम्मेवारी दिएको हो ।

योसँगै भारत र चीनसँग सीमा जोडिएको चुनौतीपूर्ण जिल्ला दार्चुलाको प्रशासनिक नेतृत्व पहिलोपटक महिलाले हाँक्दै छिन् ।

दार्चुलामा बारम्बार नेपाल र भारतबीच सीमा विवाद भइरहेको छ । भारतले अतिक्रमण गरेको लिपुलेक, लिम्पियाधुरा समेटिएको यो क्षेत्रलाई चासोका साथ हेर्ने गरिन्छ ।

प्रमुख जिल्ला अधिकारी किरणले २०६१ सालमा खरिदार पदबाट आफ्नो लोकसेवा यात्रा तय गरेकी थिइन् ।

महिला सशक्तिकरणका क्षेत्रमा प्रेरणा बनेकी जोशीले बालविवाह न्युनिकरण, बढ्दो आत्महत्या निरुत्साहन र विशेषतः महिलाहरुको आत्मबल बढाउने सम्बन्धी भूमिकामा विशेष ध्यान पु-याउने गर्छिन् ।

किरणले त्रिदेशीय नाका भएको दार्चुलामा जिल्ला प्रशासन कार्यालयले गर्ने सम्पूर्ण कार्य गर्ने र थिति बसाल्न सबैलाई आआफ्नो ठाउँमा जिम्मेवार बन्न पनि अनुरोध गरेकी छन् ।

सीडीओको जिम्मेवारीसहित दार्चुला खटिएकी जोशीबाट दार्चुलाको प्रशासनिक क्षेत्र र सीमा क्षेत्र व्यवस्थापनमा उल्लेख्य सुधारको अपेक्षा गरिएको छ ।

किरणको क्षमतालाई केवल महिला सशक्तिकरणसँग हेर्नेमात्रै नभई सफलतामा पुग्न हरकोहीले निरन्तर परिश्रम गर्नुपर्ने तर्फ समेत औल्याएको छ ।

  • साझा परिवेश
  • आइतवार, चैत्र २६, २०७९ ११:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid