sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

२ करोड मागेको अडियो प्रकरणमा जोडिएकाहरूविरुद्ध रविले अख्तियारमा उजुरी दिने

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:00
२ करोड मागेको अडियो प्रकरणमा जोडिएकाहरूविरुद्ध रविले अख्तियारमा उजुरी दिने

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड मागिएको अडियो प्रकरणमा जोडिएकाहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने बताएका छन्।

आगामी वैशाख १० मा हुने उपनिर्वाचनमा चितवन- २ का उम्मेदवार समेत रहेका रास्वपा सभापति लामिछानेले २ करोड मागिएको अडिओ प्रकरणमा जोडिएका आफ्नो पार्टीका नेता, सांसद्लगायत सबैविरुद्ध अख्तियारमा उजुरी दिने बताएका हुन्।

चितवन- २ मा चुनावी अभियानका क्रममा रहेका लामिछानेले सोमबार सभामा बोल्दै उनले यस्तो बताएका हुन्। ‘जसले, जसले गल्ती गरे पनि कारबाही गर्न सक्छु भन्ने छाती लिएर हिँडेको छ, उसलाई कसैको डर छैन, कसैलाई बचाउनु छैन। मेरै नजिकका मेरै वरपर बसेका मान्छेहरूलाई आरोप लागेको छ’, उनले भने, ‘आज म आफैँ अख्तियारमा निवेदन दिनेछु। मेरै वरपर भएका ती मान्छे को हुन्? छानबिन गर्नु, कारबाही गर्ने जिम्मा हामी पनि लिन्छौँ। सबैभन्दा ठूलो कारबाही गर्नू, निर्मम भएर कारबाही गर्नु भनेर हामीले भनेका छौँ।’

यता, उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सार्वजनिक भएको अडियोबारेमा छानबिन हुने बताएका छन्।

  • साझा परिवेश
  • सोमवार, चैत्र २७, २०७९ १२:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid