sweet bonanza
February 5, 2026 | बिहिबार, माघ २४, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सांसद ढाकाकुमारसँग बयान लिँदै रास्वपा

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १३:३५
सांसद ढाकाकुमारसँग बयान लिँदै रास्वपा

काठमाडौं

राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगले समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठसँग बयान लिने भएको छ। श्रेष्ठले घुस मागेको अडियो प्रकरणबारे बयान लिन पार्टी केन्द्रीय कार्यालयमा मंगलबार दिउँसो ४ बजे बोलाइएको अनुशासन आयोगका संयोजक भरतमणी देवकोटाले जानकारी दिए।

आइतबार रास्वपाले अडियो प्रकरणबारे सत्यतथ्य छानबिन गरी तीन दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई निर्देशन दिएको थियो। श्रेष्ठले सोमबार लिखित स्पष्टीकरण बुझाइसकेकाले आज भेटेर सोधपुछ गर्न लागिएको देवकोटाले बताए।

उनीसँग छलफलपश्चात आवश्यक निर्णय गरेर केन्द्रीय समितिमा सिफारिस गर्ने अनुशासन आयोगका संयोजक देवकोटा बताए। श्रेष्ठलाई कारबाहि गर्ने÷ नगर्ने निर्णय भने केन्द्रीय समितिले गर्ने उनले बताए।

स्वास्थ्य मन्त्री बन्नका लागि व्यवसायी दुर्गा प्रसाईसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई छानबिन पूरा नहुन्जेलसम्मका लागि सांसद तथा पार्टीको साधारण सदस्यको हैसियतले कुनै पनि काम नगर्न निर्देशन दिएको छ। रास्वपाले घुस मागेको अडियो सार्वजनिक भएपछि श्रेष्ठलाई साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको छ ।

सांसद श्रेष्ठले आफू स्वास्थ्य मन्त्री बन्न व्यापारी प्रसाईसँग २ करोड घुस मागेको अडियो सार्वजनिक भएको हो। अडियो सार्वजनिक भएपछि रास्वपाको चर्को आलोचना हुन थालेको छ।

यता साथी किसान सहकारी संस्थामा आफू अध्यक्ष हुँदा झन्डै १ करोड रकम हिनामिना गरेको आरोप श्रेष्ठलाई लागेको छ। पदबाट हट्दै गर्दा डा. श्रेष्ठले नयाँ कार्यसमितिलाई हिसाब नबुझाई जिम्मेवारीबाट पन्छिएकोसमेत आरोप छ।

रास्वपाबाट समानुपातिकतर्फ प्रतिनिधिसभा सदस्य बनेका डा. श्रेष्ठ पोखरा २४ कास्कीकोटका बासिन्दा हुन्। उनको पोखरा पृथ्वीचोकमा शुभबिहानी क्लिनिक छ। उनी यसअघि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा पनि कार्यरत थिए। उनी विभिन्न पेसा व्यवसायमा आबद्ध छन्।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १३:३५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid