May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

संघीय निजामती ऐनलाई चाँडो भन्दा चाँडो संसदमा दर्ता गर्ने रक्षामन्त्रीको प्रतिवद्धता

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १२:५२
संघीय निजामती ऐनलाई चाँडो भन्दा चाँडो संसदमा दर्ता गर्ने रक्षामन्त्रीको प्रतिवद्धता
  • संघीय निजामती सेवा ऐन परिष्कृत रुपमा आउने
  • संघीय निजामती ऐन बनाउँदा ट्रेड युनियनको अधिकारप्रति गम्भिर

काठमाडौं ।।

उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले संघीय निजामती सेवा ऐन परिष्कृत रुपमा आउने बताएका छन् । कांग्रेस निकट नेपाल निजामती कर्मचारी युनियनको राष्ट्रिय भेला तथा विधान अधिवेशनमा बोल्ने क्रममा खड्काले २-४ महिना अघि सुनिएको भन्दा फरक तरिकाले निजामती सेवा ऐन आउने जानकारी गराए ।

‘२ र ४ महिना तपाईंहरुले सुनेको भन्दा धेरै परिष्कृत रुपमा ऐन आउने छ,’ खड्काले भने, ‘त्यो ऐन संसदमा पुगेको छैन, यहाँ यो गरियो, त्यहाँ त्यो गरियो भन्न मैले मिल्दैन ।’

संघीय निजामती ऐन बनाउँदा ट्रेड युनियनको अधिकारप्रति गम्भिर ध्यान गएको उनले बताए । कर्मचारीका हक हित, वृत्ति विकास, संविधानले दिएको अधिकारको संरक्षण हुने गरी ऐन आउने उनले जानकारी गराए । संघीय निजामती सेवा ऐनलाई चाँडो भन्दा चाँडो संसदमा दर्ता गरेर पारित गर्ने प्रतिवद्धता उपप्रधान मन्त्री खड्काले गरे ।

निजामती सेवा ऐन, संघीय शिक्षा ऐन, संघीय प्रहरी ऐन लगायत समयमा ल्याउन नसकेको उनले स्विकारे । ‘संघ, प्रदेश र स्थानीय तहका लागि आवश्यक ऐनहरु जति छिटो हामीले ल्याउनुपर्ने थियो । ल्याउन सकेनौं ।’

  • साझा परिवेश
  • शुक्रबार, भदौ १, २०८० १२:५२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट