April 11, 2025 | शुक्रबार, चैत्र २९, २०८१
सुचनाहरु
दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी

इटहरीमा नेपाली परम्परागत खाना महोत्सव हुने

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:२0
इटहरीमा नेपाली परम्परागत खाना महोत्सव हुने

सुनसरी । इटहरीमा नेपाली परम्परागत खाना महोत्सव हुने भएको छ । होटल तथा पर्यटन व्यवसायी संघ सुनसरी र होटल तथा लज व्यवसायी समिति इटहरीको संयुक्त आयोजनामा चैत २९ देखि वैशाख १० गतेसम्म महोत्सव आयोजना हुने सोमबार पत्रकार सम्मेलन गरी जानकारी गराइएको हो ।

पर्यटन बोर्डको सहयोग हुन लागेको महोत्सवमा विभिन्न जातीय खानालाई प्राथमिकतामा राखिने जनाइएको छ । महोत्सवमा सांस्कृतिक कार्यक्रमका साथ दर्शकले चाहेको खानाका परिकारहरु रोजेर खान पाउने सुबिधा मिलाइएको बताइएको छ । परापूर्वकालदेखि चलिआएको र पुस्तौंपुस्ताले अनुशरण गर्दै आएका खानेकुरा जीवनका लागि आवश्यक र परिवेश तथा पद्धति सुहाउँदो हुनुपर्छ भन्ने सन्देश महोत्सवले दिने आयोजकको भनाई छ ।

विश्वव्यापीकरणसंगै अधिकांश नेपाली मौलिक खाना लोप हुँदै गएको अवस्थामा त्यसलाई पुनः प्रयोगमा ल्याउँदै प्रचारप्रसार गराउनुपर्ने आवश्यतालाई महोत्सवले सहयोग पुर्याउने बताइएको छ । खानाको माध्यमबाट स्थानीय जनजीवन झल्किने र यसबाट पर्यटन क्षेत्रको विकासमा सहयोग पुग्ने भएकाले पनि महोत्सव गर्न लागिएको आयोजकको दाबी छ ।

  • साझा परिवेश
  • मङ्लबार, चैत्र २८, २०७९ १५:२0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट