April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

प्रदेशको नाम कोशी राखेर ठिक भयो :माधवकुमार नेपाल

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:0४
प्रदेशको नाम कोशी राखेर ठिक भयो :माधवकुमार नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रदेश – १ को नाम कोशी राखिएर ठिक भएको बताएका छन् ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले इटहरीमा आयोजित पत्रकार सम्मेलनमा कुरा गर्दै प्रदेशको नामाकरण भूगोलकै आधारामा राखिएर उचित भएको टिप्पणी गरे ।

उनले प्रदेशको नामाकरण सम्बन्धमा पार्टीको सचिवालयमासमेत छलफल गरेको र सो छलफलमा साझा पहिचान हुनुपर्छ भन्ने माग उठेको तर प्रदेश– १ को नाम पनि भूगोल अनुसार हुनु सकारात्मक बताए ।

‘जातीय द्वन्दमा जान रोकियो । यसले राम्रो सन्देश गएको छ,’ उनले भने, ‘यसमा हामी सन्तुष्ट नै छौँ।’

तर नेकपा एसकै प्रदेश सांसदहरुले भने कोशी प्रदेश आफूहरुलाई मान्य नहुने भन्दै प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।

गत फागुन १७ गते प्रदेशसभाको बहुमत सदस्यबाट प्रदेश – १ को नाम कोशी पारित भएको थियो ।

यस प्रदेशका विभिन्न पहिचानवादी दल तथा जातिय संस्थाहरुले प्रदेशको नाम कोशी मान्य नहुने भन्दै आन्दोलन चर्कारहेका छन् ।

सो आन्दोलनका क्रममा एक आन्दोलनकारीको मृत्युसमेत भइसकेको छ ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट