sweet bonanza
February 14, 2026 | शनिबार, फाल्गुन ३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मन्त्रीको गुनासो : कर्मचारी खटाएको ठाउँमा जाँदैनन्, नेताले छानेर माग्छन्

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:३१
मन्त्रीको गुनासो : कर्मचारी खटाएको ठाउँमा जाँदैनन्, नेताले छानेर माग्छन्

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले राजनीतिक हस्तक्षेपले कर्मचारी परिचालनमा समस्या भएको बताएका छन् ।

बुधबार प्रतिनिधिसभामा समय लिएर बोलेका उनले कर्मचारीले राजनीतिक पहुँचका आधारमा राम्रो ठाउँ छान्ने र मेयर, अध्यक्ष तथा राजनीतिक दलका नेताले आफ्नो स्थानीय तहमा आफू अनुकुलका कर्मचारी खोज्ने गरेको बताए ।

‘एउटा मेयर साब आउनुहुन्छ फलानो कार्यकारी प्रमुख चाहियो भन्नुहुन्छ, खाली भएको साथीलाई पठाउँछौं, त्यहाँबाट पार्टीको साथी, प्रतिनिधिसभा सदस्य र उपमेयरले फोन गरेर मलाई नसोधी किन पठाएको भन्नुहुन्छ’ उनले भने ।

स्थानीय तहका प्रमुख, प्रदेश र संघीय सरकारका मन्त्रीले कर्मचारी छानेर माग्ने गरेको भन्दै उनले यसरी छानेका कर्मचारी २ हजार मात्र रहेको भन्दै संघीय निजामती सेवामा रहेका ५३ हजारमध्ये अरु ५१ हजार कर्मचारीलाई कहाँ पठाउने भनी प्रश्न गरे ।

कर्मचारीले उपत्यका र सुगम ठाउँमात्र खोज्ने र खटाएको ठाउँमा जाँदै नजाने अडान लिँदा पनि समस्या भएको मन्त्री मोदीले बताए । ‘कयौं कर्मचारी हामी त जाँदै जाँदैनौं जे सुकै गर्नुस् भन्ने पनि छन्’ उनले भने । संघीय सरकारले पठाएका कतिपय कर्मचारीलाई स्थानीय तहका प्रमुखले हाजिर नगराएर फर्काइदिएको पनि मन्त्री मोदीले गुनासो गरे ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १४:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid