May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै

मेडिकल माफिया आरिफको कारण नगर प्रमुख भण्डारीको बदनामी

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १५:२४
मेडिकल माफिया आरिफको कारण नगर प्रमुख भण्डारीको बदनामी

इनरुवा । मेडिकल माफिया आरिफ हुसेनको सेटिङको कारण इनरुवा नगरपालिकाका नगरप्रमुख केदार भण्डारीको बदनामी भैरहेको छ ।
भोक्राहा नरसिंह गाउँपालिका निवासी आरिफ हुसैनले आर्थिक लेनदेनमा म्याद गुज्रिएको र गुणस्तरीयहिन ओैषधी खरिद प्रक्रिया मिलाएको अडियो सार्वजानिक भएको छ ।
उक्त अडियोमा इनरुवा नगरपालिकाले ओैषधी खरिद प्रक्रियामा करोडौं भ्रष्टाचार गरेको पुष्टि गरेको भएको छ । मेडिकल माफिया र बिचौल्याको नामबाट परिचीत रहेको
आरिफ हुसेन सँगको सहयोगमा नगरपालिकाले ओैषधी खरिद गरेको पुष्टि भएको हो ।

नगरपालिकाका स्वास्थ्य क्षेत्रमा कार्यरत कर्मचारी सँग आरिफ हुसेनको सेटिङमा टेण्डर पास भएपछि ओैषधी खरिद भएको हो ।
हुसेनले नगरपालिकाको कर्मचारी सँग आर्थिक लेनदेनमा ओैषधी खरिद गरेको समाचार श्रोतको दाबी छ । उनले नगरपालिकाको कर्मचारीलाई घुस दिएर
आफ्नो टेण्डर पास गराउने र सस्तोमा ओैषधी खरिद गरि फर्जी बिल बनाउने काम विगतमा गर्दै आएका छन् ।

बिचोेैल्याको मुख्य भुमिका खेलेको मेडिकल माफिया दलालको नामबाट परिचित आरिफ हुसेन नेपाली कांग्रेसका कार्यकर्ता भएको कारणले सुनसरीको
हरिनगर गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, इनरुवा नगरपालिका र बराहक्षेत्र नगरपालिकामा सेटिङमा टेण्डर पास गराएर
गुणस्तरीयहिन तथा म्याद गुज्रीएका ओैषधी खरिद प्रक्रिया मिलाउने र फर्जी बिल बनाउने काम गर्ने गरेका छन् ।

सुनसरीको हरिनगर गाउँपालिका, भोक्राहा नरसिंह गाउँपालिका, कोशी गाउँपालिका, इनरुवा नगरपालिका र बराहक्षेत्र नगरपालिकामा कांग्रेसको स्थानीय सरकार
भएको र हुसैन पनि कांग्रसेसकै कार्यकता भएकोले उनले सजिलै त्याहाँ सेटिङमा टेण्डर पास गराएर गुणस्तरीयहिन ओैषधी खरिद प्रक्रिया मिलाउने र फर्जी बिल बनाउने काम गर्ने गरेका छन् ।
हुसैन कांग्रेको कार्यकता मात्र नभयी हरिनगर गाउँपालिका बाट प्रकाशीत हुँदै आएको सुरसेर राष्ट्रिय दैनिकमा व्यवस्थापकको रुपमा समेत कार्यरत छन् ।
हुसेन सितादेवी मेडिसिन सँग लामो समयदेखि कारोबार गर्दै आएको श्रोतको दाबी छ ।

श्रोतका अनुसार बाङ्गला देशबाट गुणस्तरीयहिन म्याद सकिएका औषधी ल्याएर बेच्ने तथा नेपालका ठुलाठुला नेताहरुसँग फोटो खिचाउँने अर्का एकजना
डा. भनिने सँग मिलेर उनले गुणस्तरीयहिन ओैषधी खरिद बिक्री गदै आएका हुन् । भने ती क्षेत्रका संघिय सांसद तथा पूर्व सूचना तथा सञ्चार प्रविधी मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीको
सोर्स तथा पावरमा स्थानीयको स्वास्थ्य प्रती खेलबाड गरिरहेको श्रोतको दावी छ ।

एता नेकपा एमाले इनरुवा नगरकमिटीले एक विज्ञप्ति जारी गर्दै सत्य तथ्य छानबिन गरि दोषीलाई कार्वाही गर्न माग गरेका छन् ।
छानबिन नगरी ढाकछोप गरेको खण्डमा नेकपा एमाले इनरुवा नगरकमिटीले सशक्त आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

  • साझा परिवेश
  • बुधबार, चैत्र २९, २०७९ १५:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।