April 10, 2025 | बिहिबार, चैत्र २८, २०८१
सुचनाहरु
बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी  तीनकुनेमा गोलि लागेर ज्यान गुमाएका सविनकी श्रीमतीलाई भाटभटेनीले जागिर दिदै  हत्या गरेको १७ वर्षपछि साधुको भेषमा लुकिछिपी बसेका पुजारी पक्राउ आफ्नै छोरीको अश्लील तस्बिर र भिडीयो बुबाले गुगल ड्राइभमा राखे जरिवाना तिर्ने डरले राप्रपाले आफैं सफा गर्यो सडक राप्रपाको बल्खु सभामा होहल्ला गर्दा दुई जना पक्राउ आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने

‘सरप्राइज्ड’ विन्दवासिनी- यति चाँडै सांसद बन्ने कल्पनै थिएन

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:१४
‘सरप्राइज्ड’ विन्दवासिनी- यति चाँडै सांसद बन्ने कल्पनै थिएन

काठमाडौं । २०७० साल बैशाख ९ गते १९ वर्षीया किशोरी विन्दवासिनी कंसाकारमाथि हेटौंडामा एसिड आक्रमण भयो । टिनएज पार गर्न लागेकी कंसाकारले आफ्नो यस्तो दुर्घटना होला भनेर कल्पेकी पनि थिइनन् । तर, भारतीय नागरिक दिपीलराज केशरीले विवाहको प्रस्ताव अस्वीकार गरेका कारण उनलाई एसिड आक्रमण गरेका थिए ।

उक्त दुर्घटनापछि अभियुक्त केशरी फरार रहे । पछि २०७६ सालमा पक्राउ परे । अहिले ७ वर्षको कैद भुक्तान गरिरहेका छन् । तर, उक्त दुर्घटनापछि भने कंसाकारको सबथोक फेरियो । सपना फेरियो, दैनिकी फेरियो ।

उनी आफू जस्तै एसिड आक्रमणमा परेकाहरुको उद्धार र न्यायका लागि अग्रमोर्चामा रहेर काम गर्न थालिन् । अभियानमा सक्रिय रहिन् । शरीर जले पनि हिम्मत र ऊर्जा नजलेको प्रमाण पेस गरिरहेकी छन् । पीडितहरुको न्यायका लागि सडकदेखि न्यायालयसम्म आफ्नो आवाज बुलन्द पारिरहिन् ।

अहिले भने उनी राष्ट्रिय स्वतन्त्र पार्टीको समानुपातिक कोटाअन्तर्गत सांसदमा सिफारिस भएकी छन् । रास्वपा सांसद ढाकाकुमार श्रेष्ठ व्यवसायी दुर्गा प्रसाईंसँगको दुई करोडको अडियो प्रकरणमा मुछिएपछि सांसद बन्ने उनको बाटो खुलेको हो । श्रेष्ठलाई रास्वपाले सांसदसँगै पार्टीको साधारण सदस्यसमेत नरहने गरी निष्कासन गरेको छ ।

अहिले समानुपातिक सांसद सिफारिस भएकी कंसाकारको अभियन्तादेखि राजनीतिसम्मको यात्रा भने गएको बैशाख-जेठतिर तय भएको थियो । कंसाकार आफ्नो उपचारका लागि भारतको तामिलनाडु पुगेकी थिइन् । एसिडले जलेको घाउको उपचार जीवनभर नै निरन्तर गरिरहनुपर्ने भएकाले कंसाकार समय-समयमा अस्पताल गइरहनुपर्छ ।

अस्पतालमै उपचार गराइरहेका वेला उनलाई रास्वपाका सभापति रवि लामिछानेको फोन आयो । रविले भने, ‘बहिनी, मैले नयाँ पार्टी खोलेको छु । तिमीलाई पनि मेरो पार्टीमा राख्ने इच्छा छ ।’

त्यसवेलासम्म कंसाकारको लामिछानेसँग धेरै चिनजान थिएन । टेलिभिजनमा एउटा अन्तर्वार्ता लिएका थिए लामिछानेले । कंसाकार सुनाउँछिन्, ‘उहाँको प्रस्तावलाई मैले अवसरको रुपमा लिएकी थिएँ त्यसवेला । उहाँले मलाई सम्झेर पार्टीमा सँगै काम गर्ने प्रस्ताव गर्नु पनि मेरा लागि ठूलो कुरा थियो । नेपालमा ठूल्ठूला पार्टीहरु छन् । तर, उहाँहरुले नगरेको प्रयास रवि दाइले गरिदिँदा म खुशी भएकी थिएँ, गर्व पनि लागेको थियो ।’

पार्टीमा जोडिए पनि यति चाँडै सांसद हुने सम्भावना कंसाकारले देखेकी थिइनन् । तर, परिस्थितिले उनी सांसद बन्ने लाइनमा छिन् । आफूले यति चाँडो सांसद हुने कल्पनासमेत नगरेको बताउने उनी भन्छिन्, ‘अहिले मलाई पार्टीले एउटा अवसर दिएको छ । चुनौती पनि सँगै थपिएको छ । सांसदको रुपमा सिफारिस हुँदा उत्साहित छु । तर, मेरो त परीक्षा अब बल्ल सुरु भएको छ ।’

कंसाकारका अनुसार नेपालमा ६० हजारभन्दा बढी मान्छेहरु जलेको शरीर लिएर बाँचिरहेका छन् । तर, आफ्नो सपनालाई जल्न दिएका छैनन् । ती सम्पूर्ण मान्छेहरुको प्रतिनिधि हुने गरी संसदमा उपस्थिति जनाउने योजना छ उनको ।

उनी भन्छिन्, ‘संसदमा बोलिरहँदा उहाँहरुले पाउने कानूनी न्यायदेखि सरकारको तर्फबाट पाउने सेवासुविधाबारे बोल्नेछु । म यसै पनि यस्तै मुद्दा र जलेका व्यक्तिले न्याय पाउने बाटोमा हिँडेको छु । राज्यले उनीहरुलाई गर्नुपर्ने संरक्षण र दिनुपर्ने न्यायबारे नै संसदमा बोल्नेछु ।’

कंसाकार आफैं पनि कुमारी बैंकमा जागिर गरिरहेकी थिइन् । सांसद भएपछि उनले जागिर छाड्नुपर्नेछ । तर, ६० हजारभन्दा बढी पीडितहरुलाई राज्यले कतै न कतै व्यवस्थापन गर्नुपर्ने कंसाकारको माग छ । उनी भन्छिन्, ‘जलेका व्यक्तिहरुले निरन्तर उपचार गरिरहनुपर्छ । प्रशस्त पैसा पनि खर्च हुन्छ । त्यसका लागि राज्यले हेरिदिनुपर्छ । यसबारे म आवाज उठाउनेछु ।’

तर, रास्वपाले सांसद सिफारिस गर्दैगर्दा कंसाकार आफैं सरप्राइज भएकी थिइन् । उनले सांसद हुनेबारे त कहिल्यै सोचेकी पनि थिइनन् । भन्छिन्, ‘यो अवस्था मैले सोचेकै थिएन । सायद यो विश्वमै पहिलो घटना होला । नेपालको इतिहासमा त पहिलो नै हो । संसदसम्मको मेरो यात्राले ती सम्पूर्ण पीडितहरुको ऊर्जा भरेको महसुस गरेकी छु । त्यसैले पनि सांसद सिफारिस भएको खबरले म सरप्राइज भएकी थिएँ ।’

उनलाई राजनीतिमा खासै चासो थिएन । राजनीतिमा ध्यान पनि दिएकी थिइनन् । राजनीति नै गर्ने इच्छा नै थिएन उनको । दश वर्षदेखि उपचार गराइरहेकी उनको आर्थिक अवस्था पनि खासै राम्रो थिएन । त्यसैले पनि उपचार कसरी गर्ने भन्नेबारे नै बढीजसो ध्यान दिने गर्थिन् । यसबीचमा लामिछानेले प्रस्ताव गरेपछि भने आफू उत्साहित भएको उनको भनाइ छ ।

कंसाकार भन्छिन्, ‘अबको मेरो संसदीय कार्यकाल पूर्ण रुपमा सफल बनाउन चाहन्छु । संसदमा सम्पूर्ण जनताको लागि बोल्नेछु । किनभने अब म सम्पूर्ण जनताको प्रतिनिधि आवाज बनेकी छु । साथै मेरो अर्को इच्छा भनेको जति पनि एसिड सर्भाइभरहरु हुनुहुन्छ, उहाँहरुलाई सरकारले सकेसम्म सरकारी जागिर दिनुपर्छ भनेर आवाज मुखरित गर्नेछु ।’

  • साझा परिवेश
  • बिहिबार, चैत्र ३०, २०७९ १४:१४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट