April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
आज राप्रपाले काठमाडौँमा प्रदर्शन गर्दै रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा?

माटो ढिस्कोले पुरिएर गढी गाउँपालिका ऋषिदेवको मृत्यु 

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:00
माटो ढिस्कोले पुरिएर गढी गाउँपालिका ऋषिदेवको मृत्यु 

काठमाडौं । माटो ढिस्कोले पुरिएर गढी गाउँपालिका नितेश ऋषिदेवको मृत्यु भएको छ ।
आइतबार दिउँसो ४ बजेतिर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं–२ बालकोट रागिनी हाइटस्थित कौशलटारबाट सिरूटार जाने सडक खण्डको भित्री बस्तीमा नयाँ ढल विस्तारको लागि खाल्डो खन्ने क्रममा उनको माटो ढिस्कोले पुरिएर मृत्यु भएको हो ।
उनी सुनसरी गढी गाउँपालिका वडा नं–२ घर भई हाल भक्तपुर बालकोट बस्दै आएको जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी बसन्त पाठकले जानकारी दिए।

आइतबार दिउँसो ४ बजेतिर भक्तपुर सूर्यविनायक नगरपालिका वडा नं। २ बालकोट रागिनी हाइटस्थित कौशलटारबाट सिरूटार जाने सडक खण्डको भित्री बस्तीमा नयाँ ढल विस्तारको लागि खाल्डो खन्ने दुई जना कामदार पुरिएको खबर प्रहरीले पाएको थियो।

खबर पाउनासाथ तत्काल प्रहरी घटनास्थल पुगेर उनीहरूको उद्धार गरेको थियो।

उद्धार गरी घाइतेलाई उपचारका लागि भक्तपुर इन्टरनेसनल अस्पताल पठाइएको थियो। घाइतेमध्ये सुनसरी गढी गाउँपालिका वडा नं। २ घर भई हाल भक्तपुर बालकोट बस्ने ३० वर्षका सियाराम ऋषिदेवको उपचार भइरहेको डिएसपी पाठकले बताए। अर्का घाइते नितेशको भने उपचार क्रममा ६ बजे मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनास्थलमा प्रहरी वृत्त ठिमी भक्तपुरबाट १८ जनाको प्रहरी टोली, नेपाली सेना, सशस्त्र प्रहरी, स्थानीय र जेसिबी खटेको थियो।
घटनास्थलमा वृत्त ठिमी भक्तपुरबाट अनुसन्धान अधिकृत सहितको प्रहरी टोली खटिई थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

  • साझा परिवेश
  • सोमवार, बैशाख ४, २०८० ११:00

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट