sweet bonanza
February 24, 2026 | मङ्लबार, फाल्गुन १३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

भत्ताले ज्येष्ठ नागरिकको दैनिकी सहज

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:४६
भत्ताले ज्येष्ठ नागरिकको दैनिकी सहज

मुगु । सामाजिक सुरक्षा भत्ताले ज्येष्ठ नागरिकको दैनिकी सहज भएको छ।
सरकारले उपलब्ध गराउने भत्ताले ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्गता भएका नागरिकको दैनिकीमा सहयोग पु-याएको सामाजिक सुरक्षा भत्ता लिनेहरूले बताएका छन्।

छायानाथ रारा  नगरपालिका–६ की ज्येष्ठ नागरिक हिउँकला भामका अनुसार त्रैमासिक रूपमा ज्येष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाउँदा औषधि उपचार,
न्यानो कपडा र पोसिलो खाना किन्न तथा जुत्ताचप्पल, लत्ताकपडा खरिद गर्न सहज भएको छ। सामजिक सुरक्षा भत्ता पाएपछि लत्ताकपडा र औषधि उपचारका लागि परिवारका सदस्यसँग माग्न नपरेकोमा भामले खुसी व्यक्त गर्नुभयो।

कोष तथा लेखा नियन्त्रण कार्यालयको तथ्याङ्कअनुसार जिल्लामा ज्येष्ठ नागरिक, एकल महिला, कर्णाली बालपोषण र अपाङ्गता भएका २० हजार १०९ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन्।
कार्यालय प्रमुख लक्ष्मीकृष्ण हमालका अनुसार जिल्लामा लाभान्वित सदस्यलाई एकमुष्ठ ३१ करोड एक लाख रुपियाँ कोष तथा लेखा नियन्त्रणको खातामा हरेक आर्थिक वर्षको साउन महिनामै जम्मा हुने गरेको छ।

जिल्लाका पालिकाले सामाजिक सुरक्षाका लागि त्रैमासिक रूपमा सामाजिक सुरक्षाको रकम निकासा गर्दै आएका छन्। जिल्लाको छायानाथ रारा नगरपालिका, सोरु गाउँपालिका,
खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाले  सामाजिक सुरक्षाको भत्ता चौमासिकमा निकासा गर्ने कार्यविधि भए पनि पालिकाका ज्येष्ठ नागरिकको सहजताका लागि त्रैमासिक
रूपमा लाभग्राहीको खातामा रकम जम्मा गरेको छ। सोरु गाउँपालिकाका सहलेखापाल जेठबहादुर बुढाले पालिकामा एउटा मात्र बैङ्क भएकाले सामाजिक सुरक्षाको कार्यसम्पादन ढिला
हुने गरेको बताउनुभयो। उहाँले त्रैमासिक रूपमा रकम निकासा गर्न नसकिएको स्थितिमा चौमासिक रकम निकासा गरी लाभग्राहीको खातामा जम्मा गर्ने गरिएको जानकारी दिनुभयो।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:४६

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid