sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

युरिया र डीएपी मल अपुग

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:५८
युरिया र डीएपी मल अपुग

नेपालगञ्ज । बाँकेमा किसानलाई अति आवश्यक पर्नेभन्दा तीन हजार मेट्रिक टन युरिया मल र एक हजार चार सय मेट्रिक टन डीएपी मल कम मौज्दात रहेको छ ।
कृषि सामग्री कम्पनी लिमिटेड नेपालगञ्जका प्रमुख रमेश पौडेलले जिल्लामा धान बालीका लागि तीन हजार पाँच सय मेट्रिक टन युरिया मल आवश्यक पर्नेमा हालसम्म ५२८ मेट्रिक टन
मात्र मौज्दात रहेको छ भने एक हजार पाँच सय मेट्रिक टन डीएपी मल आवश्यक पर्नेमा हालसम्म कार्यालयको गोदाममा १२५ मेट्रिक टन मात्रै मल मौज्दात रहेको छ ।
खेतीका बेला हरेक वर्ष मलको अभाव हुने बाँकेमा यस पटक पनि सोही अवस्था दोहोरिने प्रमुख पौडेलले बताउनुभयो ।

उहाँका अनुसार वार्षिक छ हजार मेट्रिक टन युरिया मल आवश्यक पर्ने आकलन गरिए पनि चालु आर्थिक वर्षको फागुन मसान्तसम्म एक हजार ६४४ मेट्रिक टन मल मात्रै बिक्री गरिएको छ ।

यसैगरी ७६९ मेट्रिक टन डीएपी र ९८ दशमलव दुई सय मेट्रिक टन पोटास बिक्री भएको प्रमुख पौडेलको भनाइ छ । युरियाको वार्षिक अनुमानित मागअनुसार अझै तीन हजार आठ सय मेट्रिक टन युरिया आउन बाँकी रहेको छ ।

थप मल कहिले आइपुग्छ भनेर यकिन भन्न नसकिने भए पनि धान लगाउने सिजनअघि मल ल्याउने प्रयास भइरहेको प्रमुख पौडेलले बताउनुभयो ।

तर, जिल्लाका किसानको ३० प्रतिशत माग भने पूर्ति गर्न नसकिने अवस्था रहेको उहाँको भनाइ छ । “अपुग मागका लागि किसान सीमापारिको भारतीय बजारमा निर्भर रहने गरेका छन् । सीमामा कडाइ नगरिए यहाँ मलको धेरै अभाव हुने छैन,” पौडेलले भन्नुभयो । कम्पनीको नेपालगञ्जस्थित कार्यालयका प्रमुख पौडेलले अहिले पनि कम्पनीको बुटवलस्थित गोदाममा मल थन्किएर रहे पनि ढुवानी समयमा नभइरहेको जानकारी पाएको बताउनुहुन्छ । उहाँले यस वर्ष मलको अभाव हुन नदिने प्रयास निरन्तर भइरहेको बताउनुभयो ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० ११:५८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid