May 27, 2024 | सोमवार, जेष्ठ १४, २०८१
सुचनाहरु
आज नेपालले वार्म अप खेलमा क्यानडाको सामना गर्दै विश्वप्रकाशको प्रश्न- महान्यायाधिवक्ताको कार्यालय रास्वपाको भातृ संस्था हो ? संसदको गतिरोध हटाउन एकीकृत समाजवादीले गरायाे प्रधानमन्त्रीकाे ध्यानाकर्षण नारायणगढ–मुग्लिन सडकमा पहिरोमा पुरिएर स्काभेटर चालकको मृत्यु शेयर बजार २२ अङ्कले घट्यो विमानस्थलको पार्किङबाट सुनजस्तो देखिने धातुसहित महिला पक्राउ नाराबाजीका बीच सरकारको नीति तथा कार्यक्रम पारित बजेट वक्तव्य पढ्नुअघि सहमति हुन्छ- प्रधानमन्त्री ‘सहकारी ठगहरुलाई सरकारले जोगायो’ : सांसद चित्र बहादुर केसी विपीले स्थापित गरेको मानकलाई कांग्रेसले लज्जास्पद बनायो- डा. स्वर्णिम वाग्ले आज कति छ सुनचाँदीको मूल्य ? कान्तिपुर अध्यक्ष सिरोहियाको स्वास्थ्यमा समस्या ,अस्पताल भर्ना कस्तो रहला आजको मौसम ? पहिलो अभ्यास खेलमा ह्युस्टन हुरीकेन्स नेपालसग ६ रनले पराजित गायिका अभय सुब्बाले ‘सन्दीपका समर्थकले मलाई अनफ्रेन्ड गर्नु’ भनेपछि राष्ट्रिय सभामा पनि कांग्रेसको अवरोध, बैठक स्थगित दीपेन्द्रले चोटका कारण ह्युस्टनसँगको २ अभ्यास खेल गुमाउने बालेनले संघीय सरकारलाई भने– कि आफैँ काम गर्नु, कि हामीलाई गर्न दिनु संसदीय छानबिन समितिको कार्यादेश टुङ्गो लगाउन कार्यदल बैठक सुरु सिरोहियालाई म्याद थपका लागि अदालत लैजाने प्रहरीको तयारी

सांस्कृतिक प्रचलन र यौन दुर्व्यवहार

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १७:१३
सांस्कृतिक प्रचलन र यौन दुर्व्यवहार

शिवप्रसाद पौडेल।

हालै बौद्धधर्मका धर्माधिकारी गुरु दलाई लामाले एक १०–१२ वर्ष जतिका बालकलाई उसकै अनुरोधमा अङ्गालो मार्ने क्रममा जिब्रो देखाएको र “मेरो जिब्रो चुस (सक माई टङ)” भनेको प्रसङ्ग अन्तर्राष्ट्रिय सञ्चार माध्यममा व्याप्त भएको छ र त्यसको व्यापक विरोध पनि भएको छ ।
दलाई लामाले यस घटनापछि सम्बन्धित बालक, उसका परिवार तथा जनसाधारणसँग माफी पनि मागिसकेका छन् । यसै साता एउटा बौद्ध अध्ययन संस्थामा हामीले यस घटनामा अनौपचारिक छलफल चलायौँ । म कानुनको अध्यापक भएकाले कानुनका कक्षाहरूमा यस प्रकारका छलफल हुँदा विद्यार्थी तथा शिक्षकको धारणा भने नितान्त फरक पाएको छु । कानुनका विद्यार्थीबीच हुने छलफल समानता, कानुनको शासन र मानव अधिकारका न्यूनतम मान्यताबाट निर्देशित हुन्छन् । तर, बौद्ध अध्ययन संस्थानमा र खासगरी बौद्धमार्गीहरूबीच भएको छलफलमा पूर्वीय र जातीय समुदायको सांस्कृतिक अधिकार र पश्चिमी सांस्कृतिक अधिनायकवाद वा सर्वोच्चताका विषय धेरै उठाइँदो रहेछ । यस लेखमा त्यसै छलफलको सारलाई समेटिएको छ ।

सांस्कृतिक अधिकार र मानव अधिकार तथा बाल अधिकारबीचको सम्बन्ध कस्तो हो रु पहिले यसै बारेमा स्पष्ट हुनु जरुरी छ । पहिलो, हामीले पश्चिमा संस्कृतिलाई समानताको संस्कृतिको रूपमा बुझ्न थालेका छौँ । ऐतिहासिक दृष्टिकोणले यो गलत कुरा हो र आज पनि पश्चिमा समाजमा समानताको लडाइँ जारी छ । असमानताका विभिन्न रूपहरु दिनहुँजसो उजागर भइरहेका हुन्छन् । जात, धर्म, लिङ्ग आदिका आधारमा हुने सामाजिक भेदभाव र राजनीतिक प्रतिनिधित्वका विषय, महिलाहरूको कार्यक्षेत्रमा समानताका सबाल, आप्रवासीहरूको समानताको मामिला तथा गरिबी र हिंसाका विषयहरू युरोप र उत्तर अमेरिकी महादेशमा १९५० को दशकमा भन्दा बढी सशक्तरूपमा उठिरहेका छन् ।

दोस्रो, पश्चिमा देशहरूमा सन् १९२० को दशकभन्दा पहिला महिलाहरूको कानुनी अधिकार नगण्य नै थिए । उनीहरूले भोट हाल्नसमेत पाँउदैनथे । तिनको सम्पत्तिमा समान अधिकार थिएन र विवाहमा समान हैसियत राख्दैनथे । कार्यक्षेत्रमा पनि महिलाहरूको उपस्थिति थिएन । उनीहरू घरेलु काममा नै सीमित हुन्थे । त्यस्तै, दासत्वको प्रचलन थियो । रंग वा जातिका आधारमा मानिसलाई दास वा कमाराकमारी बनाइन्थ्यो । बालबालिकामाथि पनि बाबुआमाको पूर्ण नियन्त्रण थियो । कुटपिट गर्ने, बालबालिकालाई बालश्रममा पठाउने, र बाल अपराधकालागि वयस्कलाई भन्दा बढी दण्ड दिने प्रचलन पश्चिमा देशमा पनि थियो ।

तसर्थ, दोस्रो विश्वयुद्ध र मूलतः संयुक्त राष्ट्रसंघको स्थापनापछि विकास भएको मानव अधिकार ९महिला तथा बालबालिकाको समेत० लाई पश्चिमा सिद्धान्तको रूपमा मात्र हेर्नु दोषपूर्ण हुन्छ । संयुक्त राष्ट्रसंघको स्थापनापछि विकास भएका “मानिसहरू कानुनका दृष्टिमा समान हुन्छन् ।” “महिला र पुरुष बराबर हुन् ।” “बालबालिकाका पनि अन्य मानिसका जस्तै समान अधिकार हुन्छन् ।” भन्नेजस्ता सकारात्मक र मानवताका उपलब्धिलाई पश्चिमा भनी नकार्दा “नकार्ने समूह वा व्यक्ति”ले आफ्नो हैसियत इतिहासको पानामा खोज्नु पर्ने हुन्छ ।

धर्मगुरु दलाई लामा शान्तिको प्रतीक, बौद्ध धर्मको अथाह ज्ञानको सागर एवं बोधीसत्व अवलोकितेश्वरको लौकिक स्वरूप वा निर्माणकायाका रूपमा मानिनु हुन्छ । उहाँको धर्मधारणाका बारेमा प्रश्न उठाउनु हाम्रो अज्ञान नै हो । तर, हामी जनसाधारणले अर्को मानिसको व्यवहार र बोलीचालीले नै उसको मनःस्थिति बुझ्ने गर्छौँ । बौद्ध सिद्धान्तमा पनि “करुणाले अभीभूत भएको व्यक्तिबाट कुनै पनि प्रकारको हिंसा हुनै सक्दैन ।” भन्ने नै हो ।

न्यिदब िदबलप
शाक्यमुनि बुद्धको जीवनकालमा उहाँको विरुद्ध पनि देवदत्तलगायतका अज्ञानीबाट दुर्व्यवहार नभएका होइनन् तर उहाँबाट प्रतिक्रिया स्वरूप सधैँ करुणा नै आइरह्यो । कानुनले पनि मानिसको वचन र कर्मको आधारमा नै उसलाई दण्डित गर्छ । तसर्थ, सामान्य मानिसले “भिडियो अभिलेख”मा जे देखे र जे सुने त्यसको आधारमा त्यस घटनामा दलाई लामाको व्यवहार कानुनतः दण्डनीय होस् वा नहोस् अनुपयुक्त माने । त्यो कुरा दलाई लामाले पनि स्वीकार गरे । तर, केही तिब्बती समुदाय र बौद्धधर्ममार्गीहरूको समूहले तिब्बती संस्कृतिको आडमा उक्त घटनामा धर्मगुरुको आचरण सही हो भनी प्रतिवाद गर्नु उपयुक्त देखिँदैन ।

भारतको बालअधिकारवादी संस्था “हक” ले इङ्गित गरे जस्तो बालकलाई जिब्रो चुसाउने तिब्बती वा अन्य कुनै संस्कृति हो भने पनि त्यो गलत हो । त्यस्ता कुरीतिलाई अन्त्य गर्न उक्त समुदायले अभियान चलाउनुपर्छ । “जिब्रो देखाउने कार्यलाई” व्यक्तिगत स्वतन्त्रता मान्न सकिएला । हाम्रै भक्तपुरमा पनि जीव्रो छेडेर देखाउने चलन छ र त्यसलाई हामीले सांस्कृतिक प्रचलनको रूपमा नै लिएका छौँ । तर, कुनै महिला वा युवती वा बालबालिकाको अगाडि जीव्रो देखाइन्छ र उक्त महिला, युवती वा बालबालिकालाई त्यो कार्य हिंसाजनक लाग्छ भने त्यसलाई दुर्व्यवहार होइन भन्न सकिँदैन । दुर्व्यवहार हो होइन भन्ने मानक जसप्रति त्यो व्यवहार लक्षित थियो उसले त्यसलाई कसरी लियो र सामान्य मानिसको दृष्टिकोणमा त्यो व्यवहारको सर्वस्वीकार्य छ छैन भनेर हेरिनुपर्छ ।

बालबालिकाको हकमा भने यो मानक परिवर्तन हुन्छ । बालबालिकालाई कानुनले जोखिममा भएको समुदायको रूपमा संरक्षण गरिएकाले उसप्रति गरिने केही व्यवहारलाई कानुनले सिधै अपराध मान्छ । यसमा घटनामा संलग्न बालबालिकाले उक्त घटनामा स्वीकारोक्ति दिएको थियो भन्नेसमेत हेरिँदैन । जसरी एक वयस्क व्यक्तिको शरीरलाई उसको अनुमतिविना अरू कसैले हेर्न, छुन र चुम्बन गर्न पाउँदैन । बालबालिकाको हितका निमित्त (हेरचाह र उपचारका क्रममा) बाहेक अनुमति लिएर पनि बालबालिकाको शरीर हेर्न, छुन र चुम्बन गर्न पाइँदैन । यसै प्रसंगमा एकजना मित्रले दुईवटा घटनालाई छलफलमा ल्याएका थिए ।

पहिलो, हालै अस्ट्रेलियामा एकजना नेपाली हजुरआमाले आफ्नो नाति कि नातिनीलाई घाममा तेल लगाएको फोटो तथा भिडियोलाई सोसल मिडियामार्फत सार्वजनिक गर्दा कारबाहीभागी भएकी थिइन् । उनको प्रश्न थियो ( आफ्ना नातीनातिनालाई तेल लाउने उहाँको सांस्कृतिक प्रचलन होइन रु हो भने किन हजुरआमालाई अस्ट्रेलियाको कानुनले कारबाहीको दायरामा ल्यायो रु उक्त घटना सर्सर्ती हेर्दा एउटा देखिए पनि कानुनको दृष्टिकोणले तीनवटा घटना छन् ( १। आफ्नो नातिनातिनीलाई तेल लाउनु, २। तेल लाएको फोटो तथा भिडियो खिच्नु र ३। उक्त भिडियोलाई सोसल मिडियामा राख्नु ।

उक्त घटनामा आफ्ना सन्तानलाई तेल लाउनु सांस्कृतिक प्रचलन हो । हाम्रो गाँउघरमा त बालबालिकालाई तेल लाउने व्यावसायिक मानिस पनि हुन्छन् । मैले आफ्नो बालबालिकालाई कय्यौं पटक आफैँले तेल मालिस दिएको छु । यसरी तेलमालिस गर्ने कुरा कानुनले वर्जित गर्छ भने त्यतिबेला सांस्कृतिक अधिकारको उल्लंघनको कुरा आउला । तर, तेलमालिस लगाएको फोटो खिच्नु र त्यसको प्रसारण गर्नु सांस्कृतिक अधिकारका पक्ष होइनन् र त्यो गर्न पाँइदैन र हुँदैन । मैले पनि आफ्नो बच्चा हुर्काउँदा तेल पनि लगाएको थिएँ र फोटो पनि खिचेको थिएँ । आजै मैले मेरो १२ वर्षको बच्चालाई सोधेँ ( सानोमा तिमीलाई तेल लगाएको फोटो मसँग छ । के त्यसलाई म फेसबुक वा अन्य सामाजिक सञ्जालमा प्रसारण गरुँ ? उसले स्पष्टसँग “हुँदैन” भन्यो । मैले फेरि सोधेँ ( “किन हुदैन?” उसले जवाफ दियो ( “किनभने हुदैन” । उसले आफूलाई मन नपरेको कुरा व्याख्या गर्न त सकेन तर उसले आफूलाई अस्वीकार्य भएको सजिलै भन्यो ।

साना उमेरका बालबालिकाले सबै विषयमा आफ्ना मनका कुरा भन्न सक्दैनन् । तसर्थ, बाबुआमा र परिवारले तिनका त्यस्ता अधिकारहरूको रक्षा गरिदिनुपर्छ । यस्ता फोटाहरु सामाजिक सञ्जालबाट खुला ठाँउमा पुग्छन् र जो कोहीले पनि त्यस्ता तस्बिर वा भिडियोहरू डाउनलोड गरी बालबालिका भोलि ठूलो भइसकेपछि उसलाई उसको नाङ्गो शरीर देखाएर कसैले जिस्काउन, अपमानित गर्न वा शोषण गर्न नपाओस् भनेर पनि उसको नाङ्गो शरीर देखाउने कार्यलाई निषेध गरिनुपर्छ ।

छलफलको क्रममा एकजना साथीले एक नेपाली समुदायमा बालबालिकालाई हुर्काउने क्रममा उनले देखेको एउटा घटना सुनाए ( बालबालिकालाई हुर्काउँदा उसका आमाबाबु वा हजुरबुवाआमाले मुख वा जिब्रो चुस्ने, उसका यौनाङ्गहरू चलाउने वा चुस्ने । नवजात शिशुले आमाको दुध मुखले चुस्ने भएकाले र उसले आफ्ना कुराहरु अभिव्यक्त गर्न नसक्ने हुँदा उसले अभिव्यक्तिको रूपमा आफ्नो मुखको प्रयोग गर्ला तर बालबालिकाले मुखले चुस्न खोज्यो भनेर वयस्कले पनि त्यसलाई अभ्यासको रूपमा वा रमाइलोको लागि प्रयोग गर्ने प्रचलन “बाल दुर्व्यवहार वा यौनदुर्व्यवहार” पनि हुन सक्छ । धेरै बालबालिकालाई दुर्व्यवहार के हो भनेर थाहा हुँदैन । उसलाई आफ्नो बाबुआमा वा हजुरबुवाआमाले गर्ने घटना राम्रै होलान् भन्ने लाग्छ ।

उनीहरु ठूला वा वयस्क भएपछिमात्र उनीहरूले आफूसँग भएका घटना बुझ्न थाल्छन् र आफूमाथि दुर्व्यवहार भएको थाहा पाँउछन् । मेरो घर परिवारमा पनि छोराछोरीले बढी गाला जोड्न आउने काका, दाजु, मामा, माइजुलाई मन नपराएको र अप्ठ्यारो महसुस भयो भनेर बालबालिकाले भनेका घटना छन् । मैले मेरै साथीहरूबाट बालबालिका हुँदा मलाई “यस्तो दुर्व्यवहार भएको रहेछ” भनेका धेरै घटना सुनेको छु । मेरो एकजना करिब ४० वर्षकी साथी आफूलाई आफ्नो परिवार तथा विद्यालयले यौन दुर्व्यवहारका बारेमा नबताएकाले आफू त्यस्तो घटनामा परेको भनी अझैसम्म उनीहरुसँग रिसाउँछिन् ।

तसर्थ, तपाईँ हाम्रो परिवार वा समुदायमा बाबुआमा वा परिवारका सदस्यले बालबालिकाको मुख चुस्ने गर्छन् भने त्यसलाई बदलौँ । माया गर्ने तरिका परिवर्तन गर्न सकिन्छ । यसको मापन गर्ने सजिलो तरिका हो ( आफ्ना परिवारका बालबालिकालाई त्यसरी नै माया गर्नुस् जुन तपाईँले सार्वजनिक स्थलमा अरूका अगाडि पनि गर्न सक्नुहुन्छ । जुन कुरा तपाईँले जीवनभर मैले “तिमीलाई यसरी माया गर्थे ।” भनेर भन्न सक्नुहुन्छ । र त्यो कुरा उक्त बालबालिका वयस्क भइसकेपछि पनि स्वीकार गर्छ ।

तेस्रो, घटना हाम्रो संस्कृतिमा छोराछोरीलाई बाबुआमा वा परिवारका सदस्यले आफूसँगै सुताउँछन् । के यो यौन दुर्व्यवहार हो ? भन्ने प्रश्न आयो । सवै कुरालाई यौन दृष्टिकोणले हेरिनु हुँदैन तर बालबालिकासम्बन्धी अन्तर्राष्ट्रिय कानुन, राष्ट्रिय कानुन र न्यायको दृष्टिकोण बालबालिकालाई हुनसक्ने दुर्व्यवहारबाट जोगाउनु नै उत्तम हो । एकजना बालक वा बालिका वा वयस्क दुर्व्यवहारमा परेपछि उसलाई मनोवैज्ञानिक रूपमा स्वच्छ जीवन बाँच्न कठिनाइ हुन्छ । उसको व्यक्तित्व विकासमा नकारात्मक प्रभाव पर्छ । तसर्थ, उसलाई जोगाउने गरी कानुन निर्माण गर्नु र हाम्रा सामाजिक अभ्यासहरू बदल्नु उपयुक्त हुन्छ । यसै दृष्टिकोणले बाबुछोरी वा दाजुबैनीलाई एकै कोठाभित्र चुकुल लाएर सुत्ने व्यवस्था नगर्नु नै उपयुक्त हो ।

हाम्रा पहाड हिमालका कोठा नहुने ठाँउमा परिवारका मानिस एकै ठाँउमा सुत्दा यौन दुर्व्यवहारको जोखिम कम हुन्छ । घर जेजस्तो भए पनि यौन र अन्य दुर्व्यवहारको बारेमा छलफल गर्ने र आफ्ना बालबालिकालाई यौन दुर्व्यवहारलाई जोगिन र प्रतिकार गर्न सिकाँउदा यस्ता घटनामा पर्नबाट आफ्ना बालबालिका जोगिन्छन् । आफ्ना बालबालिकालाई परिवारका सदस्य वा शिक्षकको साथ लगाएर पठाँउदा पनि पुरुष सदस्य वा पुरुष शिक्षकबाट यौन दुर्व्यवहार भएका घटना पत्रपत्रिका र मुद्दामामिलाका क्रममा देखिएकाले त्यसरी कसैको साथ लगाएर पठाउँदा वा कसैकोमा बस्ने गरी पठाउँदा महिलाको साथ लगाउने र महिलाका संरक्षणमा पठाउनु उपयुक्त हुन्छ ।

चौथो, अझै सांस्कृतिक चलनका रूपमा रहेका आफ्ना परिवारका बालबालिकालाई पिटपाट गर्ने कार्यलाई पश्चिमा देशले कारबाही गर्ने कानुनी व्यवस्थाप्रति धेरै साथीले व्यापक असन्तुष्टि व्यक्त गरे । पहिलो, पश्चिमा देशले बालबालिकालाई पिट्न नहुने कानुन बनाएको पनि हालसालै हो । ऐतिहासिकरूपमा हेर्दा पश्चिमा देशले आर्थिक उन्नति नगर्दा बालशोषण र बाल दुर्व्यवहार पूर्वीय समाजमा भन्दा केही कमी थिएन । कुरा यतिमात्र हो उनीहरूले आफ्ना इतिहासबाट पाठ सिकेर कानुन र व्यवहारमा पनि परिवर्तन ल्याइसके भने हामीले कानुन परिवर्तत गरे पनि तर व्यवहारमा परिवर्तन गर्नसकेका छैनौ ।

हामी वयस्कहरूले आफ्नो रिस नियन्त्रण गर्न नसकेर वा आफ्ना बालबालिकासँग कुराकानी गर्न नजानेर वा समय व्यवस्थापन गर्न नसकेर कुट्न पाउनुपर्छ भनिरहेका हुन्छौ । अथवा, पिटाइ खाएर हुर्केका कारणले अवचेतनबाट निर्देशित भएर हामीले पिट्नुलाई स्वाभाविक मानेका हुन्छौँ । तपाईँ हामीले कार्यालयको वा समाजको काम बिगार्दा वा उनीहरूले भने जसरी हामीले काम गर्न नसक्दा वा समयमा नगर्दा हामीलाई हाकिम वा समाजका अग्रजले पिट्न पाउने कानुन बनाए भने के हुन्छ ? के हामी त्यसलाई स्वीकार्छौँ ? अदालतले दोषी ठहर गरी कारागारमा राखेको मानिसलाई पनि पिट्न र यातना दिन नपाइने कानुन बनाइसकेको समाजमा बाबुआमा, शिक्षक वा अरू कसैले अनुशासनका नाममा बालबालिकालाई कुटपिट गर्न पाउनुपर्छ भन्नु सुहाउने कुरा होइन । यो मानवीय मर्यादाको पनि विपरीत हो ।

मानव अधिकारले महिला र पुरुष, अपांगता भएका व्यक्ति तथा सग्लो शरीर भएका व्यक्तिलाई जसरी समान मानव अधिकारको सुनिश्चित गरेको छ । त्यसरी नै १८ वर्ष पूरा नभएका बालबालिकालाई पनि समान अधिकार प्रदान गरेको छ । पुरानो संस्कार नै खोज्दै जाने हो भने हाम्रो पुरातनवादी समाजमा केही दशक अगाडिसम्म न त महिलाका अधिकार थिए, न त विभिन्न वर्ण, जातजातिका आधारमा सबै मानिसका समान अधिकार थिए, न त राजा रजौटाअगाडि नागरिकका नै अधिकार थिए । तसर्थ, आफ्ना अधिकार छ भनी छाती फुलाएर हिँड्ने वयस्कले आफ्ना बालबालिकाका अधिकार पनि स्वीकार गर्नुपर्छ ।

धर्मगुरु दलाई लामा संसार भरका बौद्धमार्गी तथा कतिपय नेपालीका आस्थाका धरोहर हुन् । धर्मगुरु दलाई लामा सबै बौद्धमार्गी बालबालिकाका पनि महान् गुरु हुन् । दलाई लामाको संसारका सबै बालबालिकालाई, त्यो भएन भने कम्तीमा तिब्बती र हिमाली समुदायका बालबालिकालाई खनि त्यो पनि नभए कम्तीमा गुम्बामा बसी धर्म सिक्ने र अभ्यास गर्ने बालबालिकालाई सबै प्रकारका दुःखबाट जोगाउने धार्मिक वा नैतिक दायित्व छ । उनले बालबालिका उपर सबै प्रकारको हिंसा, दुर्व्यवहार बौद्धधर्ममा स्वीकार्य छैन भनी घोषणा गरे र त्यसको निरन्तर अनुगमनको प्रणाली बनाऊ भनी आफ्ना सबै अनुयायीलाई निर्देशन दिए भने बौद्ध समाज र गुम्बाहरुमा त्यसको ठूलो सकारात्मक प्रभाव पर्नेछ । विगतका जीवनमा गरेको असंख्य धर्मका कारणले यस जुनीमा बौद्ध भिक्षु भएका बालबालिकालाई कुटपिट, भेदभाव, हिंसा तथा यौन दुर्व्यवहारबाट जोगाइयो भनेमात्र उनीहरू भविष्यमा बौद्धधर्मका करुणामय गुरुहरु हुनेछन् र बौद्ध धर्म सबै लोक र दिशामा फैलनेछ ।

 

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १७:१३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट