sweet bonanza
May 16, 2026 | शनिबार, जेष्ठ ३, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

डा.स्वर्णिम वाग्लेलाई किसानको प्रश्न : स्वतन्त्र पार्टीमा पनि दाजु भाउजूले अन्याय गरे कुन पार्टीमा जानुहुन्छ?

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:३१
डा.स्वर्णिम वाग्लेलाई  किसानको प्रश्न : स्वतन्त्र पार्टीमा पनि दाजु भाउजूले अन्याय गरे कुन पार्टीमा जानुहुन्छ?

५ वैशाख, तनहुँ । नेकपा एकृकीत समाजवादीका नेता एवंम् प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई स्वतन्त्र पार्टीमा पनि दाजु भाउजूले अन्याय गरे कुन पार्टीमा जाने हो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार तनहुँको दमौलीमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले सोधे, ‘कांग्रेसका दाजुभाउजूको कारण देखाउँदै पार्टी छोड्नु भयो, तपाईंको स्वतन्त्र पार्टीका सभापति रवि र भाउजु निकिताबाट पनि तपाईं पेलिनुभयो भने कहाँ जानुहुन्छ ?’

पार्टी सभापति शेरबहादुर देउवा र उनको पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको पेलानमा परेका कारण आफूले कांग्रेस छाडेको डा. वाग्लेले बताएका थिए । त्यही सन्दर्भ निकालेर श्रेष्ठले प्रश्न गरेका हुन् ।

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले दाजुभाउजूको कारण पार्टी नछाडेको र अहिले आएर अवसर पाएको भन्दै श्रेष्ठले तनहुँका जनताले भट्टराईलाई न्याय गर्नु पर्ने बताए ।

तनहुँको आफूले बारा ४ बाट चुनाव जितेको र तनहुँकै प्रदीप पौडेलले काठमाडौं ५ मा चुनाव जितेको प्रशंग निकालेका उनले भने, ‘तनहुँ फोहोर फाल्ने ठाउँ होइन, बाहिरबाट जो कोही आएर चुनाव लड्नलाई, यहाँबाट त नेता नियात गर्ने हो, आयात होइन ।’

सांसद श्रेष्ठले भाषणको क्रममा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालको विषयमा भने केहि पनि बोलेनन् ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid