May 7, 2024 | मङ्लबार, बैशाख २५, २०८१
सुचनाहरु
ओखलढुंगामा आगोमा जलेर आमाछोराको मृत्यु रास्वपा संसदीय दलको बैठक बस्दै गण्डकीका सभामुखले असंवैधानिक कार्य गरेको कांग्रेसको ठहर एक बर्ष नपुग्दै इलाम र सिराहाका एसपी तानिए झापा प्रहरीद्वारा ३५३ जना फरार प्रतिवादी पक्राउ उपेन्द्र यादव पक्षको दाबी जसपा विभाजन भएको छैन सार्वजनिक बसमा प्रहरीको चेकजाँच, गाजाँसहित २ जना पक्राउ नेप्से परिसूचक १५.६२ अङ्कले घट्यो अब जोकोहीलाई विरामीको बहानामा हिरासतबाट अस्पताल नपठाउनु’ : गृह मन्त्रालय कतार एयरवेजको विमान उड्नेक्रममा धुँवा देखियो सवारी “लाइसेन्स” को समस्या समाधान गर्न प्रधानमन्त्रीको निर्देशन टी–२० विश्वकप : वेस्टइन्डिजमा हुने म्याचका लागि सुरक्षा खतरा आकलन स्वतन्त्र प्रेसले मात्र लोकतन्त्र सुदृढ हुन्छ : राष्ट्रपति पौडेल सुन्दरहरैँचा उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीहरुको पदस्थापन तथा सपथग्रहण कार्यक्रम सम्पन्न जनकपुरमा दिउँसै लुटियो सहकारीको ८० लाख अन्तरराष्ट्रिय शान्ती तथा मानवअधिकार संस्था युनिप नेपाल च्याप्टरको प्रथम भेला सम्पन्न काठमाडौँको शंखपार्कमा पुरुषको शव फेला सुनचाँदीको मूल्य बढ्यो नेपालीको औसत आयु ७१.३ बर्ष जसपा नेपाल फुट्यो ; राइको नेतृत्वमा नया पार्टी गठन प्रक्रिया सुरु

डा.स्वर्णिम वाग्लेलाई किसानको प्रश्न : स्वतन्त्र पार्टीमा पनि दाजु भाउजूले अन्याय गरे कुन पार्टीमा जानुहुन्छ?

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:३१
डा.स्वर्णिम वाग्लेलाई  किसानको प्रश्न : स्वतन्त्र पार्टीमा पनि दाजु भाउजूले अन्याय गरे कुन पार्टीमा जानुहुन्छ?

५ वैशाख, तनहुँ । नेकपा एकृकीत समाजवादीका नेता एवंम् प्रतिनिधि सभा सदस्य कृष्णकुमार श्रेष्ठ किसानले राष्ट्रिय स्वतन्त्र पार्टीका तनहुँ क्षेत्र नं. १ का उम्मेदवार डा.स्वर्णिम वाग्लेलाई स्वतन्त्र पार्टीमा पनि दाजु भाउजूले अन्याय गरे कुन पार्टीमा जाने हो भन्दै प्रश्न गरेका छन् ।

मंगलबार तनहुँको दमौलीमा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै सांसद श्रेष्ठले सोधे, ‘कांग्रेसका दाजुभाउजूको कारण देखाउँदै पार्टी छोड्नु भयो, तपाईंको स्वतन्त्र पार्टीका सभापति रवि र भाउजु निकिताबाट पनि तपाईं पेलिनुभयो भने कहाँ जानुहुन्छ ?’

पार्टी सभापति शेरबहादुर देउवा र उनको पत्नी तथा कांग्रेस नेतृ आरजु राणाको पेलानमा परेका कारण आफूले कांग्रेस छाडेको डा. वाग्लेले बताएका थिए । त्यही सन्दर्भ निकालेर श्रेष्ठले प्रश्न गरेका हुन् ।

कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले दाजुभाउजूको कारण पार्टी नछाडेको र अहिले आएर अवसर पाएको भन्दै श्रेष्ठले तनहुँका जनताले भट्टराईलाई न्याय गर्नु पर्ने बताए ।

तनहुँको आफूले बारा ४ बाट चुनाव जितेको र तनहुँकै प्रदीप पौडेलले काठमाडौं ५ मा चुनाव जितेको प्रशंग निकालेका उनले भने, ‘तनहुँ फोहोर फाल्ने ठाउँ होइन, बाहिरबाट जो कोही आएर चुनाव लड्नलाई, यहाँबाट त नेता नियात गर्ने हो, आयात होइन ।’

सांसद श्रेष्ठले भाषणको क्रममा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालको विषयमा भने केहि पनि बोलेनन् ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १६:३१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।