sweet bonanza
February 4, 2026 | बुधबार, माघ २३, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

वैशाख १३ देखि इङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:१९
वैशाख १३ देखि इङवा हाइड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । इङवा हाइड्रोपावर लिमिटेडले १३ वैशाखदेखि धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री खुला गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्न लागेको हो ।

कम्पनीले जारी पूँजी ६० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १८ करोड रुपैयाँ बराबरको १८ लाख कित्ता साधारण सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये जारी पूँजीको १० प्रतिशतले हुन आउने ६ करोड रुपैयाँ बराबरको ६ लाख कित्ता सेयर कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानियलाई निष्कासनमा ल्याएको थियो ।
जसमध्ये २ करोड ९३ लाख १६ हजार रुपैयाँ बराबरको २ लाख ९३ हजार १६० कित्ता सेयर बिक्री नभएको भएको थिएन ।

कम्पनीले सर्वसाधारण्को लागि छुट्याएको जारी पूँजीको २० प्रतिशतले हुने १२ लाख कित्ता सेयर मध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुने १ लाख २० हजार कित्ता सेयर निष्कासन गरी बाँडफाँट गरेको छ ।

यस्तै कम्पनीले २९ हजार ८६३ कित्ता सेयर कर्मचारीहरुको लागि तथा ७४ हजार ६५८ कित्ता सेयर सामूहिक लगानी कोषका लागि बाँडफाँट गरिसकेको जनाएको छ । सर्वसाधारणलाई छुट्याएको सेयरमध्ये वैदेशिक रोजगारीमा रहेका, कर्मचारी र सामूहिक लगानी कोषलाई बाँडफाँट पछि बाँकी रहेको ९ लाख ९६ हजार कित्ता र स्थानीयलाई निष्कासन गरी बिक्री नभएको सेयर समेत १२ लाख ६८ हजार ६३९ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागेको हो ।

कम्पनीको आईपीओमा १७ वैशाखसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा आवेदन दिने म्याद २७ वैशाखसम्म थप हुनेछ । लगानीकर्ताले उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्ता सेयरका लागि आवेदन दिन सकिनेछ । आईपीओमा १७ वैशाखसम्म आवेदन दिन सकिनेछ।

कम्पनीको आईपीओ निष्कासनका लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा नेपाल एसबिआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ। लगानीकर्ताहरुले नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा स्वीकृति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु र मेरो सेयरको सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

कम्पनीले आईपीओ निष्कासनका लागि गराएको रेटिङमा केयर रेटिङ नेपालले ‘केयर एनपी डबल बी इस्यूअर रेटिङ’ प्रदान गरेको छ । यसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

कम्पनीले ताप्लेजुङमा ९.७ मेगावाटको इङवा खोला साना जलविद्युत आयोजनाको निमार्ण गरिरहेको छ । आयोजनाको प्रति मेगावाट लागत निर्माण अवधिको ब्याजसहित २० करोड १० लाख ३० हजार ९०० रुपैयाँ र आयोजनाको कुल अनुमानित लागत १ अर्ब ९५ करोड रुपैयाँ रहेको छ।

  • साझा परिवेश
  • बुधबार, बैशाख ६, २०८० १४:१९

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid