April 12, 2025 | शनिबार, चैत्र ३०, २०८१
सुचनाहरु
हतियार सफा गर्ने क्रममा गोली लाग्दा एक सैनिक जवानको गयो ज्यान ज्येष्ठ नागरिकको भत्ता पाँच वर्षसम्म नबढाउन र   उमेर पनि फेरी ७० बर्षपछि बनाउन सिफारीस क्यान्सरका बिरामी दुर्गा प्रसाईंलाई उपचारको प्रबन्ध मिलाउन अदालतको आदेश  निकिता पौडेल आफै पुगेर सर्वोच्च अदालतमा  दायर गरिन् रिट   पुर्वराजालाइ संसदीय समितिमा बोलाएर स्पस्टिकरण सोध्न माग बुद्ध एयरको विमान मार्फत काठमाडौ ल्याइपुर्याइयो दुर्गा प्रसाईलाई दुर्गा प्रसाईं लाई आसाम प्रहरीले नेपालको सिमामा छोडेपछी पक्राउ गर्यो नेपाल प्रहरीले दुर्गा प्रसाईँले आत्मसमर्पण गरेको खुलासा काठमाडौं महानगरका मेयरदेखि कर्मचारी सबैले पाए तलब म्यासेजमा पठाइएका यस्ता लिङ्कहरु भुलेर पनि नखोल्नुहोस्  राजु पाण्डेलाई  कडा कारबाही गरि पदबाट हटाउनुपर्ने माग  दिपेन्द्रसिंह ऐरीले फेरि बनाए अर्को विश्व कीर्तिमान बिहीबार बिहानैदेखी काठमाडौमा हावहुरी सहित बर्षा, आज देश देशभर आंशिक बदली हुने किन सामूहिक गिरफ्तारी दिने घोषणा गरे राजावादिले? ‘मेरो जीवनको रक्षा सुनिश्चित हुन्छ भने २४ घण्टाभित्र उपस्थित हुन्छु’ भन्दै आए दुर्गा प्रसाईं  अब अनुमति बिना पानीजहाज चलाउन नपाइने सोबिता गौतम निर्वाचित भइन् आईपीयूको स्वास्थ्य समिति सदस्यमा हजुरआमाको चप्पल लिन गएका दीक्षा र स्वप्निलको नारायणीमा डुबेर गयो ज्यान  अब मापसे पर्नेहरुले अनलाइनबाटै ट्राफिक सचेतना कक्षा लिन पाउने चैते दसैँमा कालिका भगवती मन्दिरमा भक्तजनले चढाए ४२ लाख भेटी 

कारागारमा दुई महिनामा तीन कैदीको मृत्यु

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:२१
कारागारमा दुई महिनामा तीन कैदीको मृत्यु

राजविराज । राजविराज कारागारमा मानव बेचबिखन ओसारपसार मुद्दामा सजाय काटिरहेका एक कैदीको मृत्यु भएको छ । दुई वर्षअघि पक्राउ परी कारागारमा सजाय काटिरहेका सप्तरीको महादेवा गाउँपालिका–३ बथनाहाका ५४ वर्षीय मिथलेशकुमार यादवको मृत्यु भएको जिल्ला कारागार सप्तरीले जनाएको छ ।

यादव बिरामी भएपछि बिहीबार राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल भर्ना गरिएकोमा रेफर भई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल लगिएको थियो । कोशी अस्पतालमा उपचारका क्रममा यादवको मृत्यु भएको कारागार प्रमुख किशोर कुमार रामले बताए ।

छारेरोग र कलेजो रोगबाट ग्रसित मिथलेशको खुट्टा सुनिन थालेपछि अस्पताल भर्ना गरिएको मृतकका श्रीमती मञ्जुदेबी यादवले बताइन् । कारागार प्रशासनका अनुसार यो समेत गरी राजविराज कारागारका तीनजना कैदीको चैत यता मृत्यु भएको हो । यसअघि बैशाखमा ६९ वर्षीय पुरुषको र चैत महिनामा २४ वर्षीय युवकको मृत्यु भएको थियो ।

जिल्ला कारागारको बन्दी क्षमता १५ महिलासहित १५५ जना रहेकोमा हाल ३ सय ९१ जना कैदीबन्दी रहेको कारागार प्रशासनले जनाएको छ । कारागारमा ८० वर्षीयसहित ६५ वर्ष नाघेका १० जना जेष्ठ नागरिक छन् । कारागारमा १ जटिल र १ सामान्य मानसिक रोगी, २ एचआइभी संक्रमित र २ जना पक्षघातबाट पीडित कैदीबन्दीसमत छन् । रक्तचाप, चिनी, दम र मुटुलगायतका २० जना दिर्घरोगी छन् ।

मानव बेचबिखन ओसारपसार मुद्दामा अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका मिथलेशलाई ईलाका प्रहरी कार्यालय हनुमाननगरको प्रहरी टोलीले ०७७ चैत ११ गते घरबाटै पक्राउ गरेको थियो । जिल्ला अदालतबाट ५ वर्ष कैद सजायको फैसला भएका उनी पक्राउ परेदेखि कारागारमा रहेका थिए ।

शवलाई विराटनगरबाट राजविराज ल्याइएको छ । शव पोष्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा राखिएको प्रहरी उपरीक्षक नरेन्द्र कुमार कार्कीले बताए । यादवसहित श्यामा राप्रावि प्रसवनीकी बाल विकास सहयोगी कार्यकर्ता ३९ वर्षीया द्रौपतीदेवी चौधरी र सप्तकोशी फत्तेपुरका ३१ वर्षीय मुकेशजंग खडकाले तालिममा भाग लिन भन्दै झुक्याई दुई बालिकालाई ०७० असार २२ गते इटहरी नगरपालिका–१ स्थित रंगमंच गेस्ट हाउस पु¥याएका थिए ।

पीडितहरूका अनुसार होटलमा पुगेपछि ललाईफकाई शारीरिक सम्बन्ध राख्न सुरूमा पैसाको प्रलोभन दिएको र नमानेपछि डरत्रास देखाई आरोपितहरूले हातपात गरेका थिए । होटलमा द्रौपतीदेबीले मुकेश र मिथलेशसँग पीडितहरूलाई बेचबिखन गर्ने तयारी गरिरहेको सुनेर सोही राति १० बजे बालिका होटलबाट भागेका थिए ।

सडकमा भाग्दै गरेको अवस्थामा राति भेटिएका सुनसरीको इटहरी नगरपालिका–५ का बलराम गुप्ताको सहयोगमा बालिकाले इटहरी नगरपालिका–७ स्थित चानोदेबी चौधरीको घरमा शरण लिई ज्यान जोगाएका थिए । चानोदेबीले किशोरीको घरमा तत्कालै फोन गरी ०७० असार २३ गते उनीहरूलाई घर फर्काएकी थिइन् ।

आरोपितहरूविरुद्ध पीडितहरूले जिल्ला प्रहरी कार्यालयमा ०७० साउन ६ गते किटानी जाहेरी दिएका थिए । सुरुमा उजुरी दर्ता गर्न आलटाल गरेको प्रहरीले ०७० साउन १७ गते मानव बेचबिखन, ओसारपसार र जबरजस्ती करणी उद्योगको मुद्दा दर्ता गरी आरोपित खडकालाई ०७० साउन १८ गते पक्राउ गरेको थियो ।

आरोपित खडका ०७० भदौ १३ गते जिल्ला अदालतका न्यायाधीश रामप्रसाद अधिकारीको इजलाशले पुर्पक्षका लागि कारागारमा थुनामा थिए । फरार रहेकी चौधरी केही समयपछि पक्राउ परी राजविराज कारागारमा कैद भुक्तान गरी निक्लिएकी छन् । ०७७ चैत ११ गते पक्राउ परेका यादवको कैद सजाय भुक्तान गर्न तीन वर्ष बाँकी थियो ।

  • साझा परिवेश
  • शुक्रबार, बैशाख ८, २०८० १३:२१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट