May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ? बिश्वकप खेल्ने नेपाली क्रीकेट टोलीको बिदाइ कस्तो रहला आजको मौसम ? नेपाल र वेस्ट इन्डिज ए बिचको अन्तिम खेल आज आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज

भरतपुर-दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१0
भरतपुर-दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध

चितवन। चितवनको भरतपुर– ११ मा रहेको नयाँ किरण कमल कुसुम माध्यामिक विद्यालय मतदान केन्द्रमा मतदान अवरुद्ध भएको छ। सत्ता साझेदार दल र नेकपा एमालेका कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताले मतदान कार्य प्रभावित पारेको भन्दै माफी माग्नुपर्ने अडान राखेका छन्।

उनीहरुले माफी नमागेसम्म मतदान कार्य अघि नबढाउन निर्वाचन अधिकृतलाई आग्रह गरेका छन्। रास्वपाका कार्यकर्ताले हुलहुज्जत गरी आफ्ना कार्यकर्तामाथि कुटपिट गरेको आरोप लगाएका छन्।

होहल्ला गर्नु निर्वाचन आचारसंहिता विपरीत भएको भन्दै सत्ता साझेदार दल र एमालेका कार्यकर्ताले उच्छृखंल गतिविधि गर्नेलाई कारबाही गर्नुपर्ने उनीहरुको माग छ।

मतदानस्थल अवलोकन गर्न रास्वपाका सभापति रवि लामिछाने पुगेपछि अन्य दलका कार्यकर्ताले अवरोध र हो–हल्ला गरेपछि दिउँसो १२ बजेदेखि मतदान अवरुद्ध भएको थियो।

रास्वपा केन्द्रीय सदस्य दीपक बोहोराले बुथ अबलोकन गर्न जाँदा भरतपुर –११ मा आफूहरुमाथि आक्रमण भएको बताए। रवि लामिछाने मतदानस्थल पुगेपछि उनका समर्थकहरूले नाराबाजी गरेका थिए। रास्वपाका समर्थकले नाराबाजी गरेपछि अन्य दलका समर्थकहरूले मतदान भइरहेका बेला नाराबाजी गर्न नपाइने बताएपछि विवाद सिर्जना भएको थियो। त्यसपछि करिब १ घन्‍टा मतदान अवरुद्ध भएको थियो।

सर्वदलीय बैठक बसेर मतदान सञ्चालन गर्ने तयारी भइरहेका बेला कांग्रेस र नेकपा एमालेले प्रतिनिधि बस्न मानेनन्। प्रतिनिधिबिना मतदान सञ्‍चालन गर्न खोज्दा कांग्रेस र एमालेले अवरोध गरेपछि अहिले मतदान रोकिएको हो।

  • साझा परिवेश
  • आइतवार, बैशाख १०, २०८० १४:१0

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।