May 2, 2024 | बिहिबार, बैशाख २०, २०८१
सुचनाहरु
वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज ४० डिग्री माथी छ तराइको तापक्रम ; घरबाहिर ननिस्किन सुझाब मोफसलमा फुटबलखेल प्रति युवाहरुको क्रेज टी-२० विश्वकप खेल्ने नेपाली टोलीको घोषणा निर्वाचन क्षेत्र नपाएर भौँतारिएका प्रचण्डले लगाएको गुन बिर्सिए : बाबुराम श्रममन्त्री अर्यालद्वारा ‘श्रमदान’ अभियानको सुरुआत

रविलाई कारवाही नगरेसम्म मत गन्न नदिने अडान

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:१५
रविलाई कारवाही नगरेसम्म मत गन्न नदिने अडान

चितवन । चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा दलका प्रतिनिधिहरुबीच चर्काचर्की भएको छ । आईतबार सम्पन्न मतदानपछि मतगणनाका लागि सोमबार बिहान बसेको सर्वदलीय बैठकमा कांग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमाथि परेको उजुरीको कारवाही नभएसम्म मतगण्नामा सहमति नजुट्ने अडान राखेका छन् ।

‘हुलदंगा गर्नेगरी १० वटा गाडीमा कार्यकर्ता लगेको, मौन अवधिमा भोट मागेको, मतदान केन्द्रमा हुलहुज्जत र नारावाजी गर्दै मतदाता प्रभावित बनाउने काम गरेको पाइएको छ । यो विषयमा कारवाही नभएसम्म मतगणना सुरु हुँदैन, सहमति जुट्दैन’, एक उम्मेदवारले भने, ‘ हामी यो अडानबाट पछि हट्दैनौ ।’ चितवन २ मा कांग्रेसका जीतनारायण श्रेष्ठ र रामप्रसाद न्यौपाने उम्मेदवार छन् ।

बैठकमा एमाले कांग्रेसको अडानमा रास्वपा सभापति रवि लामिछाने भने रक्षात्मक रुपमा प्रस्तुत भएका छन् । लामिछानेले सहमति जुटाएर चाँडै मतगणना सुरु गर्नुपर्ने र परिणाम घोषणा गर्नुपर्ने बताएका छन् ।

 

  • साझा परिवेश
  • सोमवार, बैशाख ११, २०८० ११:१५

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।