May 3, 2024 | शुक्रबार, बैशाख २१, २०८१
सुचनाहरु
पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा सुनको मूल्य बढ्यो अत्यधिक गर्मीका कारण बिहीबार र शुक्रबार बुटवलका विद्यालय बन्द मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दै जीबी राईबारे अफवाह फैलाएको आरोपमा डिल्लीराम खनाल पक्राउ कस्तो रहला आजको मौसम ? विश्वकप खेल्न नपाएपछि सन्दीपले लेखे भावुक स्टाटस नेपाल र वेस्ट इण्डिज ए बिचको चौथो खेल आज

रास्वपाको शक्ति देखेर कांग्रेसमा भय उत्पन्न

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १२:५४
रास्वपाको शक्ति देखेर कांग्रेसमा भय उत्पन्न

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा आफ्नो दलका मतदाता दुई प्रकृतिका रहेको विश्लेषण गर्छन् ।

पहिलो, पार्टीका विभिन्न संरचनामा संगठित सदस्य । कांग्रेसलाई मत दिने दोस्रो प्रकृतिका मतदाता बारे उनी भन्छन्, ‘जो कांग्रेसमा संगठित छैनन् तर, आफूलाई ‘डेमोक्रयाट’ भन्न रुचाउँछन्, उनीहरूको मत जोगाउनु हाम्रा लागि चुनौती हो ।’

पहिलो प्रकृतिका मतदाताले स्वाभाविक रूपमा कांग्रेसलाई मत खसाउँछन् । तर, कांग्रेसले प्राप्त गरेको पछिल्लो दुई निर्वाचनको परिणाम हेर्दा उसले दोस्रो प्रकृतिका मतदाता बचाउन सकेको छैन ।

पछिल्ला दुई महाधिवेशनको तुलना गर्दा कांग्रेसको क्रियाशील सदस्यताको संख्या झण्डै दोब्बर बढेको छ । यसरी सक्रिय कार्यकर्ताको संख्या बढे पनि उसको मत भने घट्दो छ । क्रियाशील सदस्य वृद्धि हुँदा समानुपातिकको मत घटेको तथ्यांकले देखाउँछ ।
१३ औं महाधिवेशनमा क्रियाशील सदस्यता संख्या ४ लाख ७० हजार थियो । २०७४ सालमा भएको निर्वाचनमा कांग्रेसले ३१ लाख २८ हजार ३८९ मत समानुपातिकतर्फ पाएको थियो ।

जबकि १४ औं महाधिवेशनमा आइपुग्दा क्रियाशील सदस्य संख्यामा उल्लेख्य वृद्धि भयो । पार्टी सदस्यको संख्या थप्न सकेको कांग्रेसले समानुपातिकतर्फ मत भने बढाउन सकेन । १४ औं महाधिवेशनका लागि आठ लाख ५२ हजार ७१२ जना क्रियाशील सदस्यता हुँदा नयाँ चार लाख ४३ हजार ६७८ जना थपिएका थिए ।

क्रियाशील सदस्यको तीव्र वृद्धि हुँदा गत निर्वाचनमा समानुपातिकतर्फ भने उसले २७ लाख १५ हजार २२५ मत मात्रै प्राप्त गरेको थियो । पाँच वर्षको अन्तरमा क्रियाशील सदस्यता सङ्ख्या बढ्दा उसको लोकप्रिय मत भने घटेको छ । २०७४ सालमा भन्दा २०७९ मंसिरमा भएको निर्वाचनमा कांग्रेसले चार लाख १३ हजार १६४ कम मत पाएको छ ।

त्यसो त कांग्रेसले प्रत्यक्षमा पनि आफ्नो मत बचाउन सकेको छैन । तनहुँ–१ को उपनिर्वाचनको मतपरिणाम विश्लेषण गर्दा कांग्रेसले प्रत्यक्षतर्फको मत पनि जोगाउन सकेन । ६ महिनाको अवधिमा आफ्नो पकड भनेकै क्षेत्र कांग्रेसले उल्लेख्य मत गुमायो ।

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।