sweet bonanza
February 13, 2026 | शुक्रबार, फाल्गुन २, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

कामपाले विद्यालयमा सुरु गर्‍यो सीपमूलक शिक्षा कार्यक्रम

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १७:0८
कामपाले विद्यालयमा सुरु गर्‍यो सीपमूलक शिक्षा कार्यक्रम

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले यही शैक्षिक सत्रदेखि सामुदायिक विद्यालयको माध्यमिक तह कक्षा ९ देखि १२ सम्म सीपमूलक कार्यक्रम थालनी गरेको छ ।

पाठ्यपुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवन उपयोगी, सीपमूलक तथा व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यसहित मंगलबारबाट उक्त कार्यक्रमको थालनी गरेको हो ।

विद्यालय तह पूरा गर्दा कम्तीमा एउटा प्राविधिक क्षेत्रमा स्वरोजगार हुनसक्ने जनशक्ति तयार गर्न कार्यक्रम थालनी गरिएको कामपाका प्रमुख बालेन्द्र साहले बताए । कार्यक्रमका चालु आर्थिक वर्षका लागि रु एक लाख विनियोजन गरिएको थियो भने आगामी आर्थिक वर्षका लागि प्रत्येक विद्यालय रु दुई लाखका दरले बजेट विनियोजन गरिएको उनको भनाइ छ ।

कार्यक्रम अन्तर्गत ९० घण्टे तालिमका लागि कृषि तथा सहरी खेती, सौन्दर्य कला र कपाल शैली, काष्ठकला नङ कुँदेर बेलबुट्टा भर्ने काम, पाक कलालगायत १० वटा क्षेत्र निर्धारण गरिएका छन् ।

फेसन डिजाइन र कपडा निर्माण, घरमा तार र बिजुली जडान वायरिङ् एण्ड इलेक्ट्रिकल, विपद् पूर्वतयारीका लागि भवन निर्माणको रैथाने परम्परागत कला, मोबाइल र विद्युतीय सामान, पाइप जडान तथा मर्मत, कला र मूर्तिकला विधालाई पाठ्यक्रममा समावेश गरिएको छ ।

हाल ११ वटा सामुदायिक विद्यालयमा कक्षा ९ देखि १२ सम्म प्राविधिक धारतर्फका विषय पठनपाठन भइरहेका छन् । विद्यालय तह पूरा गर्दा विद्यार्थीले शैक्षिक प्रमाणपत्रसँगै रुचि अनुसारको जीवनमा उपयोगी सीपको प्रमाणपत्र पनि प्राप्त गर्ने कामपाको उपप्रमुख सुनिता डङ्गोलले जानकारी दिए ।

तालिमको एक समूहमा २० जनादेखि ३० जनासम्म विद्यार्थी राखिनेछ । कार्यक्रमको पहिलो वर्ष शैक्षिक सत्र २०८० मा कक्षा ९ का लागि नमुना कार्यक्रम लागू गरिनेछ । यसका लागि विद्यालयलाई अनुदान रकम उपलब्ध गराइनेछ । सम्बन्धित विषयमा स्नातक तह उत्तीर्ण गरेर मान्यता प्राप्त संस्था र निकायबाट प्रशिक्षण प्रशिक्षक तालिम लिएका व्यक्ति तालिमका प्रशिक्षक हुनसक्ने बताइएको छ ।

दक्षजनशक्ति उत्पादन गर्न कामपाले ११औँ नगर सभाबाट बाल शिक्षा, आधारभूत शिक्षा र माध्यमिक शिक्षालाई थप जीवनोपयोगी र व्यावसायिक बनाउँदै लैजाने नीति लिएको छ । अहिले महानगरमा ८९ वटा सामुदायिक विद्यालय छन् । त्यसमा ५९ माध्यमिक विद्यालय र ३० प्राथमिक विद्यालय छन् । त्यसैगरी पाँच सय ४० निजी विद्यालयमा एक लाख ५० हजार विद्यार्थी अध्ययनरत छन् ।

रासस

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १२, २०८० १७:0८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid