May 5, 2024 | आइतवार, बैशाख २३, २०८१
सुचनाहरु
भक्तपुरको जगातीबाट एक युवक बेपत्ता ; खोजीकार्यमा सहयोग गरिदिन अनुरोध जापानी विदेशमन्त्री खामिखावाले गरिन् वसन्तपुर क्षेत्रको अवलोकन नेप्से दोहोरो अंकले घट्यो काठमाडौंमा सडक दुर्घटनामा परी दुई जनाको मृत्यु सन्दीपलाई कि सजाय देऊ, कि विश्वकप खेल्न देऊ : रचना रिमाल माओवादी सम्बद्ध डेढ दर्जन विभागद्वारा अर्थमन्त्रीलाई सुझाव भक्तपुरको एक कार्पेट कारखानामा आगलागी : दुई घाइते, एकको अवस्था गम्भीर सन्दीपको मुद्दा ‘हेर्न नमिल्ने’ सूचीमा नेपालले सयको नोटमा चुच्चे नक्सा राखेर धरातलीय यथार्थ परिवर्तन हुँदैन : भारतीय विदेशमन्त्री जयशंकर जापानी परराष्ट्रमन्त्री कामिकावा काठमाडाैँमा सरकार नागरिकको स्वास्थ्यप्रति संवेदनशील छ : प्रधानमन्त्री सन्दीप लामिछानेको मुद्दामा आज सुनुवाइ सुनको मूल्य स्थिर कस्तो रहला आजको मौसम ? केही घण्टाको लागि जापानी बिदेशमन्त्री नेपाल आउदै बागमती प्रदेशमा भोलि सार्वजनिक बिदा जनकपुर-जयनगर रेल आजदेखी ३ दिन सम्म बन्द कमल १ को वडाअध्यक्ष पुरुष फुटबल कपको उपाधी वडा न ३ केर्खालाई वाइसीएल झापाको समिति विस्तार ; अध्यक्षमा डेबिट शाही इडीभीको नतिजा आज आउदै , कसरी हेर्ने त ?

नयाँ जहाज ल्यायो बुद्ध एयरले

  • साझा परिवेश
  • शनिबार, बैशाख १६, २०८० १५:४३
नयाँ जहाज ल्यायो बुद्ध एयरले

 

बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। शुक्रबार साँझ बुद्धले १५ औं एटिआर–७२ जहाज भित्र्याएको हो।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याइ एक महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत बताएको छ।

बुद्धका अनुसार ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुन्छ र भाडादर पनि स्वतः सस्तो हुन्छ। त्यही अनुरूप ७२ सिटे जहाज भित्र्याएको हो।

योसँगै बुद्ध एयरका १५ वटा जहाज पुगेका छन्। यसमध्ये १२ वटा एटिआर–७२ र तीन वटा एटिआर–४२ छन्।

यसअघि बुद्धसँग भएका दुइटा बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो।

नेपाली यात्रुहरूका लागि पनि बुद्धले हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप कार्य गर्दै आएको जनाएको छ। सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्रुले आफ्नो समयअनुकूल उडान भर्न सक्ने बुद्धले जनाएको छ।

बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले जुन १५ मा अर्को नयाँ जहाज आउने बताए।

धनगढी तथा सुर्खेतमा थप एउटा उडान भर्ने बुद्धको योजना छ। हाल धनगढी तथा सुर्खेतमा दैनिक दुइटा उडान भइरहेको छ। यसैगरी संखुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने पनि योजना छ।

बुद्धले पोखराबाट पनि देशका विभिन्न गन्तव्यमा सिधा उडान भरिरहेको छ। हाल पोखराबाट नेपालगञ्ज, भैरहवा, र भरतपुरको सिधा उडान भइरहेको छ। अबको केही दिनपछि भद्रपुर र विराटनगरबाट ‘प्राइम टाइम’ मा पोखराको उडान भर्ने योजना रहेको बुद्धले जनाएको छ।

  • साझा परिवेश
  • शनिबार, बैशाख १६, २०८० १५:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

नेपाल अपडेट