sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

नयाँ जहाज ल्यायो बुद्ध एयरले

  • साझा परिवेश
  • शनिबार, बैशाख १६, २०८० १५:४३
नयाँ जहाज ल्यायो बुद्ध एयरले

 

बुद्ध एयरले नयाँ जहाज भित्र्याएको छ। शुक्रबार साँझ बुद्धले १५ औं एटिआर–७२ जहाज भित्र्याएको हो।

नयाँ जहाजको आवश्यक कागजी प्रक्रिया पुर्‍याइ एक महिनाभित्र उडान सेवा दिने प्रेस विज्ञप्तिमार्फत बताएको छ।

बुद्धका अनुसार ठूला जहाजबाट उडान भर्दा सञ्चालन खर्च कम हुन्छ र भाडादर पनि स्वतः सस्तो हुन्छ। त्यही अनुरूप ७२ सिटे जहाज भित्र्याएको हो।

योसँगै बुद्ध एयरका १५ वटा जहाज पुगेका छन्। यसमध्ये १२ वटा एटिआर–७२ र तीन वटा एटिआर–४२ छन्।

यसअघि बुद्धसँग भएका दुइटा बिचक्राफ्ट क्यानाडाको कम्पनीलाई बेचेको थियो।

नेपाली यात्रुहरूका लागि पनि बुद्धले हवाई उडान सहज र सरल बनाउने प्रतिबद्धता अनुरूप कार्य गर्दै आएको जनाएको छ। सहज भाडासँगै उडान संख्या उल्लेख्य वृद्धि भएसँगै यात्रुले आफ्नो समयअनुकूल उडान भर्न सक्ने बुद्धले जनाएको छ।

बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीले जुन १५ मा अर्को नयाँ जहाज आउने बताए।

धनगढी तथा सुर्खेतमा थप एउटा उडान भर्ने बुद्धको योजना छ। हाल धनगढी तथा सुर्खेतमा दैनिक दुइटा उडान भइरहेको छ। यसैगरी संखुवासभाको तुम्लिङटारमा एटिआर–७२ जहाजबाट उडान भर्ने पनि योजना छ।

बुद्धले पोखराबाट पनि देशका विभिन्न गन्तव्यमा सिधा उडान भरिरहेको छ। हाल पोखराबाट नेपालगञ्ज, भैरहवा, र भरतपुरको सिधा उडान भइरहेको छ। अबको केही दिनपछि भद्रपुर र विराटनगरबाट ‘प्राइम टाइम’ मा पोखराको उडान भर्ने योजना रहेको बुद्धले जनाएको छ।

  • साझा परिवेश
  • शनिबार, बैशाख १६, २०८० १५:४३

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid