sweet bonanza
May 7, 2026 | बिहिबार, बैशाख २५, २०८३
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

मोबाइल गेम पब्जीले वर्ल्ड लिंकसँग गर्यो सम्झौता

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १४:२४
मोबाइल गेम पब्जीले वर्ल्ड लिंकसँग गर्यो सम्झौता

काठमाडौं । चर्चित मोबाइल गेम पब्जीले नै नेपाली गेमरहरुको गेमिङलाई चुस्त बनाउने गरी प्रयास थालेको छ । वर्ल्ड लिंकसँग गेमरका लागि उच्च गतिको इन्टरनेट उपलब्ध गराउने गरी सहकार्य गर्न औपचारिक सम्झौता गर्दै पब्जी मोबाइलले नेपालमा गेमिङमा अभूतपूर्व परिवर्तन गर्ने घोषणा गरेको छ ।

विश्वको अग्रणी मोबाइल गेमका रुपमा चिनिएको पब्जी मोबाइल र नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकबीच एक सम्झौतामा हस्ताक्षर भएको छ ।
नेपालमा मोबाइल गेमिङको व्यापक आकर्षण बढ्दै जाँदा पब्जीले नेपालमा वर्ल्ड लिंकसँग औपचारिक सहकार्य थालेको हो । पब्जीका अनुसार नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमरहरू रहेका छन् ।

‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा छ, गेम खेल्नेहरुको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोशलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ’ वर्ल्डलिंकका सीईओ केशव नेपालले भने, ‘यो सहकार्य त्यसकै लागि हो ।’

उनका अनुसार अब यो गेम खेल्दा गेमरले उच्च गतिको इन्टरनेट सुविधा पाउनेछन् । गेमरले अहिले पाइरहेको इन्टरनेट स्पिडलाई बढाउने गरी दुई कम्पनीले समझदारी गरेका हुन् ।

दुई कम्पनीले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपूर्व कदमको रूपमा व्याख्या गरेका छन् । यसले रोमाञ्चक गेमिङको जीवन्त अनुभवलाई आत्मसाथ गर्ने उनीको दाबी छ ।

‘अब थुप्रै विशेषता एवम् सुविधाहरूको साथ नेपाली मोबाइल गेमरहरूले पूर्ण रूपमा नयाँ तहको उत्साह एवम् गेमिङको अनुभव प्राप्त गर्न सक्नुहुने छ, जसले गेमिङ प्रतिको दृष्टिकोणलाई पूर्ण रूपमा परिवर्तन गर्नेछ,’ सीईओ नेपालले भने, ‘यो वृहत् भविष्यतर्फको पहिलो कदम हो, जसले मोबाइल गेमका लागि नयाँ अवसरहरू प्रदान गर्ने छ र गेमिङको जीवन्त अनुभव प्रदान गर्ने छ ।’
टेनटेक साउथ एसिया पब्लिसिङले पनि इकोसिस्टम परिवर्तनसँगै मोबाइल गेमिङको लागि नेपाल प्रमुख क्षेत्र बनेको बताएको छ ।

उसका अनुसार पब्जी खेलका प्रतिभाहरुले ग्लोबल एस्पोर्ट्स इभेन्टहरूमा प्रतिस्पर्धा समेत गर्दै आएको पीएमजीसीमा डीआरएस, डेडआइज गाइज, स्काइलाइट्न गेमिङ र टीटूकेजस्ताले गरेको प्रदर्शनले नेपालमा पब्जीको प्रवर्द्धनको सम्भाव्यता देखाएको छ ।

‘यस्ता प्रतिभाहरू देख्न पाउँदा ठूलो सन्तोष एवम् आनन्द समेत मिल्छ,सीआर-सेभेन-फोरकेगेमिङ जस्ता प्रतिभाहरू हरेक दिन बढ्दै गएका छन्, र हाम्रा प्रयासहरू पनि यस्ता गेमिङ समुदायलाई बढाउदै लैजानु पनि हो,’ टेनटेक साउथ एसिया पब्लिसिङले भनेको छ, ‘हामी मनोरञ्जन मात्र होइन, व्यावसायिक रूपमा अघि बढ्ने अवसरहरू प्रदान गर्न निरन्तर केन्द्रित छौं ।’

  • साझा परिवेश
  • आइतवार, बैशाख १७, २०८० १४:२४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid