sweet bonanza
February 21, 2026 | शनिबार, फाल्गुन १०, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

सय करोडको हाराहारी दीपकका सिनेमा

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० ११:0४
सय करोडको हाराहारी दीपकका सिनेमा

काठमाडौं । दीपकराज गिरीका सिनेमाले नेपाली बक्सअफिसमा करिब सय करोडको कारोबार गरेका छन् । दीपकराज गिरीको सिनेमा सम्बन्धी कम्पनी सरस्वती मुभिज प्रा.ली.को ब्यानरमा बनेका उनका हालसम्मका चलचित्रले सय करोडको हाराहारीका कारोबार गरेका हुन् ।

‘वडा नम्बर ६’, ‘६ एकान ६’, र ‘छ माया छपक्कै’ गरेर तीन तथा ‘छक्का पञ्जा’का चारवटा सिरिजसहित सातवटा सिनेमाले नेपाली बक्सअफिसमा सय करोडको हाराहारीमा कारोबार गरेको दीपक बताउँछन् ।

“आमा सरस्वती मुभिजको कम्पनीमा बनेका चलचित्रले करिब सय करोडको हाराहारीमा करोबार गरेको हिसाव आएको छ” दीपकराज गिरीले बाह्रखरीसँग भने, “दर्शकको साथ आजसम्म मिलेको छ ।”

‘वडा नम्बर ६’ उज्जवल घिमिरेले निर्देशन गरेका थिए भने ‘६ एकान ६’ दिनेश डिसीले निर्देशन गरेका हुन् । ‘छ माया छपक्कै’ दीपेन्द्र लामाले निर्देशन गरेका थिए । ‘छक्का पञ्जा’का लगातार तीनवटा सिरिज दीपाश्री निरौलाले निर्देशन गरिन् । ‘छक्का पञ्जा–४’ भने हेमराज बिसीले निर्देशन गरेका छन् ।

‘छक्का पञ्जा’ सिरिज नेपालमा धेरै बक्सअफिस कलेक्सन गर्ने सीमित सिनेमामध्येको एक हो । बक्सअफिस कलेक्सन, डिजिटल राइट्स, ओभरसिज राइट्सलगायतबाट दीपकका सिनेमाले सय करोडको हाराहारीमा कलेक्सन गरेका हुन् । सिनेमाको अर्को आम्दानीको स्रोत युट्युब र डिजिटल प्लेटफर्म (ओटीटी) पनि हो । यसबाहेक दीपकराज गिरीका सिनेमाले आईएमईलगायत केही ब्राण्डबाट स्पोन्सरसमेत पाउने गरेका छन् ।

दीपकले आफ्नो ब्यानर आमा सरस्वती मुभिजको नाम आफ्नी आमाको नामबाट राखेका हुन् ।

दीपकको सिनेमा बनाउने आफ्नै टिम छ । केदार घिमिरे, दीपाश्री निरौलालगायतको टिममा उनी काम गर्दै आएका छन् । उनी प्रायः आफूले बनाउने र खेल्ने चलचित्रको कथा आफैँ लेख्छन् । अरुको कथामा काम गर्नु परे पटकथा र संवादमा आफैँ बस्छन् ।

उनी दर्शकको रुचि अनुसार सिनेमा बनाउनु पर्ने बताउँछन् । आफ्ना लागि दर्शक नै समीक्षक भएको उनले बताउने गरेका छन् ।

  • साझा परिवेश
  • सोमवार, बैशाख १८, २०८० ११:0४

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid