April 8, 2025 | मङ्लबार, चैत्र २६, २०८१
सुचनाहरु
रेविज लागेको कुकुरले टोक्दा १२ जना घाइते, कुकुर खोज्दै प्रहरी आर्मी छोडिन् गोलकिपर अन्जना मगरले, कहाँ गईन्?  प्रमुख प्रशासकीय अधिकृत फर्किएपछी बल्ल पाए काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीले तलब सुरेश रजक जलेको घरबाट निस्कीएकी एनीको भुमिका संकास्पद भन्दै पक्राउ गर्यो प्रहरीले भैरहवा कारागार पुर्याइयो रबि लामिछानेलाई  रविलाई आजै थुनामा पठाइने रहेनन् वरिष्ठ पत्रकार भैरव रिसाल, अन्त्येष्टिका कार्यक्रम नहुने  भोलिदेखि शैक्षिक हडताल, सबै बिद्यालय बन्द ‘डाँडामा बसेर ल्यापटप चलाएर लाखौँ कमाउन सकिन्छ’ भन्दै फेरि आए गगन थापा  कस्ले दल्यो  वीपी कोइरालाको शालिकमा मोसो ? बालेन शाहले भ्रष्टाचार गरेको भन्दै अख्तियारमा उजुरी प्रसिद्ध धार्मिकस्थल पाथीभरामा एकै दिन पुगे सात हजार भन्दा बढी दर्शनार्थी काठमाडौं महानगरकी उपप्रमुख डंगोल गईन् बेल्जियम चैते दसैँमा मासु खादा घाँटीमा अड्किएर एक जनाको मृत्यु यति एयरलाइन्सको जहाजबाट भैरहवा पठाइयो रबिलाई, अब के हुन्छ?  अदालतको आदेशपछी प्रहरी समक्ष गिरफ्तारी दिँदै रवि लामिछाने जाजरकोट केन्द्रविन्दु भएर गयो ५.२ म्याग्निच्यूडको भूकम्प सरकारले कर्मचारीलाई हतोत्साहित र अपमानित गराउने काम गर्यो: कुलमान घिसिङ  रातको २ बजे नै युवाहरु किन भेला भए सडकमा? ३५ मिनेटको भेटमा भारतिय  प्रधानमन्त्रीसँग के कुरा भयो  प्रधानमन्त्री  ओलीको? 

झापामा सशस्त्र प्रहरीको मिलेमतोमा चाइनिज स्याउ भारत तस्करी !

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० 0८:४८
झापामा सशस्त्र प्रहरीको मिलेमतोमा चाइनिज स्याउ भारत तस्करी !

झापा : जिल्लादेखि सीमा क्षेत्रमा तैनाथ सशस्त्र र नेपाल प्रहरीको मिलेमतोमा दक्षिणी झापाको कचनकवल नाकाबाट चाइनिज स्याउ भारत तस्करी भइरहेको घटनाको खुलासा भएको छ।

सो नाकाबाट भन्सार छलेर विगत एक सातादेखि ठूलो परिणामको चाइनिज स्याउ भारत तस्करी भइरहेको सूचना सशस्त्र प्रहरी नेपाल कोसी प्रदेश बराह बाहिनी मुख्यालय सुनसरीका डीआइजी अञ्जनीकुमार पोखरेलले पाए।

पूर्वीका सीमा नाकाहरूबाट हुने चोरी तस्करी रोकथाम तथा नियन्त्रणमा अभियानमा लागेका डीआइजी पोखरेलले झापाबाट ठूलो परिणामको स्याउ तस्करी भइरहेको विषयमा सुइँको समेत पाएनन्। कचनकवल नाकाबाट स्याउ तस्करी भइरहेको सूचना डीआइजी पोखरेलले आइतबार मात्र थाहा पाए।

सूचना पाए लगतै डीआइजी पोखरेलको ठाडो निर्देशनमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्टले कचनकवल–४ स्थित पूर्वी लोदावारि नाकाबाट आइतबार बेलुका ७ बजेर ४५ मिनेटमा मे १ ज २८०४ नम्बरको योद्धा पिकअप गाडीमा लोड गरिएको ११५ कार्टुन चाइनिज फुजि स्याउ बरामद गर्‍यो।

फुजि स्याउसहितको गाडी लोदावारि नाकाबाट कादोगाउँ हुँदै भारत लैजाने तयारी थियो। दुई वटा गाडीमा स्याउ लोड गरिएको थियो। एउटा गाडी त्यहाँबाट सशस्त्रले भगाइदिएको स्रोतको दाबी छ। गाडीमा कहाँबाट कसरी स्याउ आयो भन्दै डीआइजी पोखरेलले सशस्त्र प्रहरी बल नेपाल २ नम्बर गण झापालाई थप अनुसन्धान गर्न लगायो। डीआइजी पोखरेल समेत घटनास्थल पुगे।

अनुसन्धानका क्रममा कचनकवल– ४ पूर्वी लोदावारिस्थित जयनारायण साहको गोदाममा ठूलो परिणामको स्याउ रहेको पत्ता लाग्यो। साहको गोदाम सीमा पिलर ११८ र ११९ नजिकै पर्छ।
त्यसपछि डीआइजी पोखरेलले राजश्व अनुसन्धान कार्यालय इटहरीको टोलीलाई सोमबार घटनास्थल बोलायो।

राजश्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी साहको गोदाममा छापा मारेर थप ४५६ कार्टुन चाइनिज स्याउ बरामद गर्‍यो। बरामद गरिएको जम्मा ५७१ कार्टुन स्याउ र गाडीको ५ लाख गरी १५ लाखमा राजश्व बुझाएको डीआइजी पोखरेलले बताए। सशस्त्रले प्रति कार्टुन १७ सय मूल्यांकन तोकेर बुझाएको फुजि स्याउको नेपाली बजार मूल्य ४२ सयदेखि ४४ सय रुपैयाँ पर्छ।

जिल्लाको सीमा नाकाहरूबाट भित्राइएको खाद्यान्न सामग्री समेत नछाड्ने सशस्त्र र नेपाल प्रहरीले कचनकवल नाकाबाट चाइनिज स्याउको लाइन खुलाएको घटनाले सर्वत्र चर्चा चल्न थालेको छ।

बिहार अररिया जिल्ला फारबिसगंजका फिरतोस मियाँसँग मिलेर कचनकवलका कारोबारीहरू तिलक, जब्बर, जयनारायण लगायतले स्याउको लाइन (तस्करी) चलाएको स्रोतको दाबी छ। उनीहरूले एउटा कार्टुन भारतबाट कटाए बापत २५० रुपैयाँ कमिसन लिन्थ्यो।

उनीहरूले सशस्त्र प्रहरी बल नेपाल सीमा गुल्म घेरावारिका डीएसपी सुमन शर्मा, सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट केचनाका इन्स्पेक्टर ओकिल धानुक, सीमा प्रहरी चौकी केचनाका सई ऋषिराज कोइरालासँग सेटिङ मिलाउनुका साथै जिल्ला समेतलाई लाइन खर्च बुझाएर काम गरेको स्याउ कारोबारी स्रोतकै दाबी छ।

यता सशस्त्र डीआइजी पोखरेलले भने, ‘स्याउ तस्करीमा मिलेमतो रहेको कुरा बुझ्नमा आएको छ।’ ‘यस बारेमा बिओपी इन्चार्जमाथि छानबिन हुन्छ,’ उनले भने, ‘छानबिनमा मिलेमतोमा भएको दोषी पाए कारबाहीको दायरमा ल्याउँछु। राजश्व अनुसन्धान कार्यालय इटहरीका प्रमुख सुरेश आचार्यका अनुसार सशस्त्रले बरामद गरी स्याउ राजश्वलाई बुझाएको हो।

राजश्वका अनुसन्धान अधिकृत विनोद पोखरेलको टोली पुगेर स्याउ जफत गरी ल्याएको बताउँदै उनले भने, ‘सीमा नाकामा गोदाम राख्नु नै शंका उब्जिएको छ, स्याउका बारेमा छानबिन गरी अनुसन्धान अघि बढाउँछु।’

anusandhanonline.com बाट

  • साझा परिवेश
  • मङ्लबार, बैशाख १९, २०८० 0८:४८

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट