sweet bonanza
February 23, 2026 | सोमवार, फाल्गुन १२, २०८२
सुचनाहरु
जम्मू–कश्मीरमा फेरि सुनिन थाल्यो गोली र विस्फोटका आवाज    चिनिया दुतावासले दियो आफ्ना नागरीलाई भारत सिमा नाकामा नजान चेतावनी  बिल गेट्सले आफ्नो सबै सम्पत्ति २० बर्ष भित्र दान दिदै भारत पाकिस्तान युद्ध प्रभाव: नागरिक सेवाका लागि भारतका २४ विमानस्थल बन्द  रिसोर्टमा चिप्लिएर लडेका रहेछन् प्रचण्ड  १५ लाख भारतिय रुपैयाँ बोकेका डम्बर झापाबाट पक्राउ  बलिउड अभिनेता परेश रावलले किन पिए आफ्नै पिसाव? भारत पाकिस्तानको तनावले नेपालको सीमा क्षेत्रमा उच्च सतर्कता  बाल मन्दिरको जग्गा प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भारतले सुरु गर्‍यो पाकिस्तान विरुद्ध युद्ध, कडा जवाफ दिदै पाकिस्तान आफ्नो इच्छाले अमेरिका छाेडे एक हजार डलर पाइने प्रिसाको आयो पोष्टमार्टम रिपोर्ट, तर खुल्न सकेन कारण  जन्ती पुर्याएर फर्किदै गरेको बस नदीले बगायो अभिनेता राज कटुवाल एक्सन हिरोको रूपमा देखिदैछन्  नरसिंहामा आज सीता जयन्ती: राजा जनकले खेत जोत्ने क्रममा सीता उत्पत्ति भएको दिन को रवीन्द्र मिश्र र दुर्गा प्रसाईलाई थप ५ दिन हिरासतमा राख्ने पाकिस्तानी महिलासँग विवाह गरेका भारतीय सैनिक बर्खास्त ७३ वर्षीया वृद्धाले पनि दिइन् कक्षा १२ को परीक्षा भाटभटेनीमा चुरोट र रक्सी चोर्ने ६ जनाले हिरासतबाटै दिए कक्षा १२ को परीक्षा अबदेखी केआइआइटीमा विद्यार्थी पठाउन बन्द गर्न राष्ट्रियसभा सदश्यको माग 

जलविद्युत काममा ढिलाइ

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:११
जलविद्युत काममा ढिलाइ

जुम्ला । करिब एक मेगावाट क्षमताको चुकेनी जलविद्युत आयोजनाको काम ढिलाइ भएको र काम छिटो सम्पन्न गर्न स्थानीयले अनुरोध गरेका छन्। ९९८ किलोवाटको चुकेनी जलविद्युत आयोजना तीन वर्षदेखि काम थाले पनि विद्युत उत्पादन हुन सकेको छैन।

उत्पादनतर्फको काम २०८० वैशाख २ गतेसम्म सम्पन्न गर्ने सम्झौता भएको थियो। वैशाखमा कामको अवधि भए पनि दशैँसम्म बनाउनुपर्ने सञ्चालन समिति, स्थानीयदेखि सरोकारवाला निकायको जोड छ। गाउँपालिका अध्यक्ष पूर्णसिंह बोहराले कामको गति हेर्दा समयमा बनाउने विषयमा निर्माण व्यवसायीले आनाकानी गरिरहेको बताउनुभयो। उहाँले केही स्थानमा गुणस्तरहीन काम गरिएकाले पुनर्निर्माण गरिनुपर्ने बताउनुभयो। गाउँपालिका उपाध्यक्ष जनमाया रोकायाले जुम्लाकै समृद्धिका लागि जनताको ठूलो ऋणको रकमसमेत यस आयोजनामा लगानी भएकाले ढिलाइ भए समस्या आउने बताउनुभयो।

कामको ढिलाइ तथा क्यानल पर्खाल चर्किएको विषयमा गुनासो आएपछि स्थानीय तहसहित जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आचार्य, प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरे, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र, काम गरिरहेको निर्माण कम्पनीसहितको टोलीले आयोजना स्थलको अनुगमन गरेको छ।

प्रमुख जिल्ला अधिकारी जयकुमार घिमिरेले चुकेनी जलविद्युत विषयमा तुरुन्तै जिल्लास्तरीय बैठक बसेर काम चाँडो र गुणस्तरीय काम छिटो सम्पन्न गर्न निर्देशन दिइने बताउनुभयो। निर्माण कम्पनीले दशैँसम्ममा बत्ती बाल्ने तयारीसाथ निर्माण अघि बढाइरहेको दाबी गरेको छ। निर्माणको जिम्मा लिएको फेवा कन्स्ट्रक्सन प्रालि पोखराले स्थानीयस्तरमा मेघा कन्स्ट्रक्सन प्रालिमार्फत काम गरिरहेको छ। मेघा कन्स्ट्रक्सन प्रालिका प्रबन्धक चन्द्र भण्डारीका अनुसार अहिले मुख्य पाइप जडानको काम भइरहेको छ। सामान ल्याउने काम फागुनमा हुनुपर्नेमा बाटोका कारण केही ढिला भएको बताइन्छ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २०, २०८० १५:११

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

नेपाल अपडेट

casino giriş
casino bet giriş
casino giriş
online pokies payid