April 29, 2024 | सोमवार, बैशाख १७, २०८१
सुचनाहरु
अञ्जान शाक्यले लिइन अराष्ट्रिय सभा सदस्यको शपथ बझाङमा एमालेका भण्डारी अगाडि मैत्रीपूर्ण टी–२० शृङ्खला : दोस्रो खेलमा वेस्ट इन्डिज ‘ए’ सग नेपाल पराजित नेपाली ओपनर लोकेश बम घाइते ; स्ट्रेचरमा राखेर बाहिर ल्याइयो नेपाललाई वेष्ट इन्डिजले दियो १६१ रनको लक्ष्य वेस्टइन्डिज ‘ए’ विरुद्ध नेपालले पहिला बलिङ गर्ने, टिममा ५ परिवर्तन राष्ट्रपतिबाट लगानी सहजीकरणसम्बन्धी अध्यादेश जारी सुनको मूल्य बढ्यो , कति पुग्यो त तोलाको ? आईपीएल क्रिकेटमा आज गुजरात र बैंगलुरु तथा चेन्नई र हैदराबाद खेल्दै तेस्रो अन्तर्राष्ट्रिय लगानी सम्मेलन शुरु तराईमा अत्यधिक गर्मी, वैशाख २० सम्मै तातो हावा चल्ने युट्युब हेरेर बनाएको पेस्तोल बोक्दा पड्किएर एक जना घाइते झापाको बाह्रदशीमा ब्राउन सुगरसहित एक जना पक्राउ सेक्युरिटी प्रिन्टिङ प्रेस बन्द गराएर बाहिरबाट पासपोर्ट छपाइ चिया गुणस्तर परीक्षण गर्न सरकारसँग छैन आफ्नै ल्याब, भारतको भरमा निकासी बझाङमा हेलिकप्टरबाट मतपेटिका ल्याइँदै, दिउँसोबाट मतगणना आजदेखि लगानी सम्मेलन सुरू इलाम–२ को मतगणना ११ बजेबाट जापानी विदेशमन्त्री योको नेपाल आउँदै जुनसुकै पालिकाका विपन्नको उपचार काठमाडौँ महानगरले गर्ने बालेनको घोषणा

उपत्यकाको प्रदूषण तह २१८ पुग्यो अब जोगाउनु पर्छ हाम्रो आँखा

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १४:0२
उपत्यकाको प्रदूषण तह २१८ पुग्यो अब जोगाउनु पर्छ हाम्रो आँखा

आइतबार विश्वको सबैभन्दा प्रदूषित सहरको शीर्ष स्थानमा काठमाडौं पर्यो। फोरा दरबारमा रहेको प्रदूषण मापन केन्द्रले काठमाडौं उपत्यकाको प्रदूषण तह २१८ पुगेको देखाएको थियो । यसबाट के बुझ्न सकिन्छ भने स्वास्थ्य राम्रो बनाउन प्रदूषणबाट पनि जोगिन अति जरुरी छ ।

प्रदूषणले फोक्सोका साथै आँखालाई पनि असर गरिरहेको हुन्छ । विषाक्त वायुबाट नाक र मुखलाई बचाउन मास्क प्रयोग गरिरहेका हुन्छौं, तर आँखाको लागि भने खासै ध्यान पुगेको पाइँदैन । प्रदूषणका कारण आँखामा विभिन्न समस्या आउँछ ।

आँखामा वायु प्रदूषणको असर

एक त वसन्त ऋतुको समयमा मौसमको फेरबदलले आँखा पाक्ने, सुख्खा हुने जस्ता समस्याले सताउँछ । त्यसमाथि पनि बढ्दो प्रदूषित हावाले आँखामा एलर्जी गराउने, आँखा सुख्खा हुने, पोल्ने जस्ता समस्या देखिन्छ ।
विगतका दिनमा आँखामा हुने एलर्जी बालबालिकामा मात्र देखिन्थ्यो भने प्रदूषणकै कारण अहिले सबै उमेर समूहमा आँखामा समस्या भएमा आँखाको एलर्जीसमेत हुने गर्छ, जसलाई चिकित्सकीय भाषामा ‘एलर्जीक कञ्जक्टिभाइटिस’ भन्ने गरिन्छ । उक्त एलर्जी हुँदै आँखामा संक्रमण बढेर दैनिकी काम गर्न समेत नसकिने अवस्था हुन सक्छ ।

उडिरहेको धुलो हाम्रो आँखाको परेलीमा जमेर बस्छ र त्यसबाटै संक्रमण हुने सम्भावना बढी हुन्छ । त्यसैले यदि कसैमा आँखा पोल्ने, रातो हुने, आँखामा चिप्रा आउने, चिलाउने, पिरो हुने जस्ता समस्या देखिएमा तुरुन्त नेत्ररोग विशेषज्ञलाई देखाउनुपर्छ ।

उपचार

आँखामा सामान्य एलर्जी छ भने आइड्रपले पनि आँखा विस्तारै ठीक हुन्छ । त्यस्तै, एलर्जी जटिल अवस्थामा पुगेको छ भने कडा खालको औषधि चलाउनुपर्ने हुन्छ । कडा खालको औषधि चलाउदा त्यसको पनि छुटै असर रहने हुँदा सकेसम्म आँखामा समस्या देखिने बित्तिकै तुरुन्त विशेषज्ञलाई देखाउनु उपयुक्त हुन्छ ।

यसमा ध्यान दिनुपर्ने कुरा के छ भने यस्ता समस्या देखिने बित्तिकै आफैं चिकित्सकलाई नदेखाई आइड्रप भने हाल्न हुँदैन । आँखाको जाँच गराई एलर्जीको चरणलाई निक्र्योल गरेर मात्र चिकित्सकमार्फत आइड्रप तथा एन्टीएलर्जिक औषधिको प्रयोग गर्नुपर्छ ।

आँखालाई जोगाउने उपाय

–सफा पानीले बिहान आँखा पखाल्ने,

–बाहिरबाट घर आएपछि हातमुख मात्र नभएर आँखालाई पनि अनिवार्य रुपमा सफा पानीले पखाल्नुपर्छ ।

–आँखा चिलाएको छ भने सफा पानीले पखालेर आइसलाई रुमालमा बेरेर आँखालाई चिसोले सक्दा आराम मिल्छ ।

–बाहिर निस्किंदा आँखालाई धुवाँधुलोबाट बचाउन चश्माको प्रयोग गर्नुपर्छ ।

  • साझा परिवेश
  • मङ्लबार, बैशाख ५, २०८० १४:0२

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।