Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279
कालोपुल मुनि फस्यो पर्यटक बस – साझा परिवेश
May 21, 2024 | मङ्लबार, जेष्ठ ८, २०८१
सुचनाहरु
आफ्नो फाइल खोल्न सरकारलाई आरजुको चेतावनी कान्तिपुरका अध्यक्ष सिरोहियाविरूद्ध धनुषामा पक्राउ पूर्जी सुनचाँदीको मूल्य घट्यो उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगाना र मुसलमानको इजलासमा सहकारी ठगीसम्बन्धी संसदीय समितिको कार्यादेश टुंग्याउन कार्यदलको बैठक जारी कस्तो रहला आजको मौसम ? पशुपतिको भेटी चोर्ने ८ जना पक्राउ सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ?

कालोपुल मुनि फस्यो पर्यटक बस

  • साझा परिवेश
  • शुक्रबार, बैशाख २२, २०८० १४:0९
कालोपुल मुनि फस्यो पर्यटक बस

Warning: Undefined variable $ad_code in /home/sajhaparibesh.com/public_html/wp-content/themes/suga-news/inc/cf.php on line 279

काठमाडौं। ललितपुरको सानेपा र काठमाडौंको टेकु जोड्ने कालोपुल मुनि पर्यटक बस फसेको छ । पुल मुनिको खाल्डोमा जमेको पानीमा बा १ प १२१९ नम्बरको पर्यटक बस फसेको हो । चालकका लागि नयाँ रूट भएका कारण पर्यटक बस फस्न पुगेको प्रहरीले जनाएको छ । ‘हातको इसारा र सिट्टी बजाएर नजान भन्दै थियौं । तर चालकले हाम्रो इशारालाई बुझेनन्,’ सो क्षेत्रमा खटिएका एक ट्राफिक प्रहरीले भने, ‘हाम्रो इशारा नबुझ्दा बस जमेको पानीमा फस्न पुग्यो ।’

बागमती करिडोरमा पर्ने उक्त पुल मुनिको यो बाटोमा वर्षा हुने वित्तिकै पानी जम्ने गर्दछ । पानी जमेर पोखरी नै बन्ने भएकोले प्रायः गाडीहरु फस्ने गरेको स्थानीयहरु बताउँछन् । विशेष गरेर पहिलो पटक यो रुट भएर आउने सवारी साधनहरु यहाँ फस्ने गरेको स्थानीयहरु बताउँछन् ।एक पटक पानी पर्दा पनि लामो समयसम्म पुलमुनिको सडकमा ताल बनेर बस्ने गरेको हुन्छ । तर त्यहाँ कुनै पनि जानकारीमूलक सूचना वा संकेत नराखिदिंदा चालक र यात्रुहरु मर्कामा पर्दै आएका छन् । यसअघि २०७९ साल साउन ५ गते सोही स्थानमा मिनी ट्रक फसेको थियो । यस्तै २६ जेठमा र २७ असारमा पनि करिडोरमा गाडी फसेका थिए।

यसैबीच क्रेनको सहायताले झण्डै एक घण्टापछि उक्त बस निकालिएको प्रहरीले जनाएको छ ।

  • साझा परिवेश
  • -