May 20, 2024 | सोमवार, जेष्ठ ७, २०८१
सुचनाहरु
सूचना बेचेको अभियोगमा तत्काल गिरफ्तार गरि कानूनी कारबाही गरियोस् : भीम रावल प्रधानमन्त्रीको कांग्रेसलाई चेतावनी- संसद अवरोध गरेको घटनाको मुल्य चर्को पर्नेछ राष्ट्रियसभामा पनि कांग्रेसको अवरोध संसदमा आज सभामुख देखिन- महामन्त्री शर्मा नाराबाजीका बीच प्रधानमन्त्रीले पाए विश्वासको मत बालेनले सार्बजनिक गरे गिरीबन्धु जस्तै हदबन्दी छुट र सट्टापट्टा माग्ने १०० भन्दा बढी कम्पनिको सूची प्रसंग : गृहमन्त्री रबि लामिछाने उपेन्द्र यादवको रिट न्यायाधीश ढुंगानाकाे इजलासमा पेशी बानेश्वरमा कांग्रेसले बोलायो विपक्षी दलको बैठक इरानी राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा निधन कस्तो रहला आजको मौसम ? प्रधानमन्त्रीले आज बिश्वासको मत लिने कस्तो रहला आजको मौसम ? प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक हुने कोशीका मुख्यमन्त्री कार्कीले विस्तार गरे मन्त्रिपरिषद ऋण लिएर तिर्दैन भन्न मिल्दैन, केही व्यक्तिहरूले गलत अभियान चलाइरहेका छन्: मन्त्री चौधरी केपी ओली प्रतिनिधि सभा विघटनको लाइनमा हुनुहुन्छ : ज्ञानेन्द्र शाही तीन जिल्लाका सीडीओ फेरिए छोराको हत्या गर्ने आमा पक्राउ खुकुरी प्रहार गरी घाइते बनाएको अभियोगमा १० जना पक्राउ

“करोडकरोड खान मिल्ने अनि हामीले बोल्न नमिल्ने ?” : अमरेशकुमार

  • साझा परिवेश
  • सोमवार, बैशाख २५, २०८० १२:२६
“करोडकरोड खान मिल्ने अनि हामीले बोल्न नमिल्ने ?” : अमरेशकुमार

काठमाडौं । स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्टाचारविरूद्ध बोल्दा सहिद बन्नुपरे पनि आफू तयार रहेको बताएका छन् । सोमबार प्रतिनिधिसभा बैठकमा बोल्न नपाएको भन्दै उनी कपडा खोलेर अर्धनग्न बनेका थिए । कुराकानी गर्दै उनले संसद् जनताको आवाज उठाउने ठाउँ भएको र भ्रष्टाचारजस्तो जधन्य अपराधमा आफूले बोल्न नपाएपछि कपडा खोलेर विरोध गरेको बताए । संसद्मा बोल्न नपाए आफू सडकमा जाने र भ्रष्टाचारविरूद्ध आवाज बुलन्द पार्ने उनको भनाइ छ ।

“नेताहरू भ्रष्टाचार गर्दै जाने अनि हामीले आवाज उठाउन खोज्दा संसद्मा बोल्न नदिने ? त्यसकारण मैले विरोध गर्न संसद्को गरिमा बुझेरै यसो गरेको हो,” सांसद सिंहले भने, “संसद् जनताको आवाज उठाउनका लागि हो । मैले पनि यहाँ दशक बिताइसकेको छु । करोडकरोड खान मिल्ने अनि हामीले बोल्न नमिल्ने भन्ने हुन्छ ?”

सांसद सिंहले संसद्को गरिमा उल्लंघन गरेबापत कारबाही गरे भोग्न तयार रहेको पनि बताए । “कारबाही भोग्न तयार छु । तर, भ्रष्टाचारविरूद्ध आवाज उठाइरहन्छु । त्यसका लागि ज्यान गए पनि जाओस्,” उनले थपे, “भ्रष्टचारविरोधी एक सहिद थपिने हो, म तयार छु ।”
उनले संसद्मा आवाज उठाउन नपाए आफू सडकमा जाने र जनतामाझ गएर भ्रष्टाचारविरोधी अभियानलाई सशक्त बनाउने बताए । देशभरका जनतालाई यो अभियानमा सडकमा आउन पनि उनले आग्रह गरे ।

  • साझा परिवेश
  • -