May 4, 2024 | शनिबार, बैशाख २२, २०८१
सुचनाहरु
आमसञ्चार विधेयक चाँडै मन्त्रिपरिषद्‌मा पेस हुँदैछ : मन्त्री शर्मा जापानका परराष्ट्रमन्त्री योको कामीकावा आइतवार नेपाल भ्रमणमा आउँदै झापाको दमकमा गोली चल्यो, एक विद्यार्थी घाइते जापान पठाइदिने भन्दै तीन करोड रुपैंयाँ ठगी गर्ने पक्राउ सामाजिक सञ्जालमा चर्चित ‘भेलुबाजे’ को निधन सुनकाे भाउ घट्याे प्रेस स्वतन्त्रतामाथि नियन्त्रण र संकुचन गर्ने काम सरकारबाट हुदैन : प्रधानमन्त्री प्रचण्ड पत्रकार महासंघको २७ औ महाधिवेशन आज कस्तो रहला आजको मौसम ? सुदुरपश्चिमका मुख्यमन्त्रीले आज बिश्वासको मत लिदै आज विश्व प्रेस स्वतन्त्रता दिवस अवरुद्ध भएको ७ घण्टा पछि संचालनमा आयो ईन्टरनेट सेवा ; किन भएको थियो त अवरुद्ध ? वेस्टइन्डिज ‘ए’सँग नेपालको तेस्रो हार ; हारसँगै गुमायो सिरिज जबर्जस्ती करणी गरेको अभियोगमा झापाबाट एक जना पक्राउ नेप्से ७ अंकले घट्यो वेस्ट इन्डिज ए ले नेपाललाई दियो २१० रनको लक्ष्य राष्ट्रपति पौडेलसमक्ष उपनिर्वाचनको प्रतिवेदन पेश प्रधानमन्त्री प्रचण्ड र ओलीबिच भेटवार्ता अन्डाको मूल्य घट्यो काठमाडौँ आज पनि विश्वकै प्रदूषित सहरकाे शीर्ष स्थानमा

बालकृष्णलाई साढे ४ करोडको आरोप

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १0:४१
बालकृष्णलाई साढे ४ करोडको आरोप

काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् । उनी निवासबाटै पक्राउ परेको प्रहरी स्रोतले जानकारी दिएको छ । नक्कली शरणार्थी बनाएर नेपाली युवालाई अमेरिका लैजाने गिरोहलाई दह्रो साथ दिएर नीतिगत निर्णय गराएको उनीमाथि आरोप लागेको छ ।

काठमाडौंको चावहिलस्थित घरमा रहेका खाँणलाई निवासबाटै पक्राउ गरिएको हो । खाँण, कांग्रेस सभापति शेरबहादुर देउवा पत्नी आरजु राणा र खाँण पत्नी मञ्जु पनि यो प्रकरणमा मुछिएका छन् । वैशाख १३ गते सानु भण्डारीसँग लिएको अडियो रेकर्डमा उनले खाँणको नाम लिएको स्रोतले जानकारी दियो । तर प्रहरीले उक्त रेकर्ड गायब बनाएर फेरि बयान लिएको आरोप लागेको थियो ।

“टेक नारायण पाण्डेलाई एक करोड ५० लाख दिएँ । त्यसबेलाको गृहमन्त्री बालकृष्ण खाँडलाई साढे ४ करोड दिएँ भनेको छ,” स्रोतले भन्यो ।

  • साझा परिवेश
  • बुधबार, बैशाख २७, २०८० १0:४१

प्रतिक्रिया

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।